हेर्नुस् यस्तो छ केही दिनमै सार्वजनिक हुने यामाहा आरवान फाइभ भी थ्री, मूल्य पाँच लाख

केही दिनमै नेपाली बजारमा यामाहाले आर १५ भी ३ बाइक सार्वजनिक गर्दै छ । उकृष्ट डिजाइन, स्र्पोटी लुक्स, उत्कृष्ट माइलेजफरक बिशेषताका साथ नेपाली बजारमा आर–१५ तथा आर–१५ भी–२ को सफलता पछिकम्पनीले आर–१५ भी–३ सार्वजनिक गर्ने तयारी गरिरहेको हो ।

बाइकको बढी, टायर र अगाडीको लुक्सले झन एग्रीसिभ बनाएको छ । यस भन्दा अगाडी तिन मोडल नेपाली यूवाको रोजाइमा परिसकेका छन् ।यामाहा आर १५ भी ३मा एक सय ५५ सिसी इन्जिन दिएको छ । ११ लिटर इन्धन क्षमता दिएको यो बाइकले प्रतिलिटर ३५ किलोमिटर माइलेज दिनेछ ।

सिङ्गल सिलिन्डर भीभीए–१५५ सीसी क्षमताको लिक्विड–कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १० हजार आरपीएममा १९.४ बीएचपी पावर तथा ८ हजार ५ सय आरपीएममा १४.७ एनएम–टर्क जेनेरेट गर्छ । कम्पनीले यस बाइको मुल्य नेपाली बजारमा ४ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ