चारलाख मुल्य सहित नयाँ अबतारमा आयो, यामाहा ‘आर वान फाइभ भी थ्री’

नयाँ आर१५ भी३को प्रारम्भिक मूल्य चार लाख १९ हजार नौ सय कायम गरिएको छ ।

काठमाडौं । यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सुपर स्पोर्टस्बाइक आर१५ (भर्सन ३.०) सार्वजनिक गरेको छ । नयाँ सुपर स्पोर्टस् मोडेलमा १५५ सीसी, लिक्विड–कुल्ड, ४– स्ट्रोक, ४–भल्भ र फ्युल इन्जेक्टेड इन्जिन रहेको छ जसमा ‘भेरिएबल भल्भ एक्च्युएसन’ कम्पनीले जनाएको छ ।

सन् १९९८ मा यामाहा आर१ लन्च भएपछि सुरु भएको रेसिङ विरासतलाई निरन्तरता दिँदै यामाहाले नयाँ आर १५ भी३मा पनि त्यस्तै बेजोड प्रविधि र पर्फमेन्स दिने फिचरहरु राखेको छ । बाइमका अधिकतम कम्प्रेसन रेसियो भएको १५५ सीसीको इन्जिन जडान गरिएको छ जसले १०,००० आरपीएममा १९.३ पीएसको पावर र ८५०० आरपीएममा १५ एनएम टर्क उत्पन्न गर्छ ।

नयाँ आर१५ भी३को प्रारम्भिक मूल्य चार लाख १९ हजार नौ सय कायम गरिएको छ ।
१३९ केजी वजन र १७० एमएम उच्च वजन भएको आर१५ भी३लाई फुल डिजिटल ड्यासबोर्ड, एलइडी हेडलाइट र टेललाइटले थप विशेष बनाएको छ । साथै, ‘एग्रेसिभ राइडिङ पोजिसन‘ र चौडा टायरले राइडिङमा थप उत्साह प्रदान गर्छ ।