मालिकाले भन्यो— हामीले गर्दा लाइसेन्स छाप्न ढिलाइ भएको होइन, डाटा उपलब्ध नभएर हो

अहिले मालिकासँग लाइसेन्स छाप्ने २० ओटा मेसिन छन् । दैनिक एउटा मेसिनले हजार ओटासम्म लाइसेन्स छाप्छ । यस आधारमा हर्ने हो भने २० ओटा प्रिन्टरले प्रतिप्रिन्टर दैनिक एक हजारका दरले २० हजार ओटा स्मार्ट लाइसेन्स छापिने कम्पनीको दाबी छ । तर यातायात विभागले डाटा इरर आउने समस्या समाधान नगर्दा अहिले दैनिक चार हजार पनि लाइसेन्स प्रिन्ट नहुने निर्देशक ढकालको भनाइ छ ।

काठमाडौं : सवारी अनुमतिपत्र लाइसेन्स छाप्न जिम्मा पाएको मालिका इन्कर्पोरेट कम्पनीले लाइसेन्स छाप्न कम्पनीको लापरबाही नभएको बताएको छ । क्यापिटलसँगको कुराकानीमा कम्पनीका प्रबन्ध निर्देशक सुरेन्द्र ढकालले यातायात विभागले पर्याप्त डाटा उपलब्ध नगराएका कारण यस्तो समस्या आएको जानकारी दिए ।

उनका अनुसार डाटा इरर अहिलेको मुख्य समस्या हो । ‘यातायात व्यवस्था विभागसँग डाटा छ भने र मालिकासँग सफ्टवेयर छ । डाटाका लागि मालिकाको कुनै पनि पहुँच हँुदैन,’ उनले भने, ‘यातायात विभागबाट उक्त डाटा कम्पनीलाई आउनुपर्छ ।’

विभागले मालिका कम्पनीलाई सो डाटा सफ्टवयेरमार्फत पठाइदिनुपर्छ । त्यसलाई कम्प्युटरमा राख्नुपर्छ । विभागबाट सर्भरमार्फत डाटा आउँछ । त्यसको नाम हो— डीएलएल फाइल । एउटा डाटाकै लागि एउटा फाइल आउने हो ।

अहिले मालिकासँग लाइसेन्स छाप्ने २० ओटा मेसिन छन् । दैनिक एउटा मेसिनले हजार ओटासम्म लाइसेन्स छाप्छ । यस आधारमा हर्ने हो भने २० ओटा प्रिन्टरले प्रतिप्रिन्टर दैनिक एक हजारका दरले २० हजार ओटा स्मार्ट लाइसेन्स छापिने कम्पनीको दाबी छ । तर यातायात विभागले डाटा इरर आउने समस्या समाधान नगर्दा अहिले दैनिक चार हजार पनि लाइसेन्स प्रिन्ट नहुने निर्देशक ढकालको भनाइ छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकालले ४५ दिनभित्र ६ लाख स्मार्ट लाइसेन्स छाप्ने विषय मालिकाले हल्ला चलाएको भनेका थिए । तर विभागले मालिकालाई पर्याप्त डाटा उपलब्ध नगराएका कारण लाइसेन्स छाप्न समस्या भएको पाइएको छ । यसमा विभागकै लापबाही देखिन्छ । अहिलेसम्म मालिकाले एक लाख २० हजारभन्दा बढी लाइसेन्स छापिसकिएको जनाएको छ । मालिकालाई पर्याप्त डाटा दिने हो भने दैनिक २० हजार लाइसेन्स प्रिन्ट गर्ने कुनै ठूलो कुरा नभएको कम्पनीको दाबी छ ।

यो समस्या समाधान गर्न विभागले कुनै पनि प्रतिक्रिया दिएको छैन । सेवाग्राहीले कहिलेसम्म लाइसेन्सका लागि पर्खिनुपर्ने हो, त्यो पनि टुङ्गो नलागेको छ ।