‘‘पुरानो छोडाँै ! नयाँ गुडाऔँ’’ भन्ने ट्याग लाइनका साथ अटोमोबाइलका ग्राहकलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुराना कारसँग नयाँ एक्सचेन्ज गर्न सक्ने कम्पनीको भनाइ छ ।
नेपालमा रेनोको आधिकारिक वितरक, एडभान्स अटोमोबाइल प्रालि (विशाल समूहको सहायक कम्पनी)ले आज बिहीबारदेखि पुस ६ गतेसम्म नेपालभरि रेनो एक्सचेन्ज क्याम्प योजना सुरु गरेको छ ।
‘‘पुरानो छोडाँै ! नयाँ गुडाऔँ’’ भन्ने ट्याग लाइनका साथ अटोमोबाइलका ग्राहकलाई ध्यानमा राखेर आयोजना गरिएको यो कार्निभलमा पुराना कारसँग नयाँ एक्सचेन्ज गर्न सक्ने कम्पनीको भनाइ छ ।
रेनोका क्विड, डस्टर र क्याप्चर मोडलमा एक्सचेन्ज उपलब्ध छ । अभियानले ग्राहकका पुराना गाडीको तुरुन्त मूल्याङ्कन र एक्सचेन्ज, २ वर्षसम्मका लागि फ्री सर्भिसिङ्ग, निशुल्क एसेसरिज, एक आर्थिक वर्षभरिका लागि सडक कर फ्री, इजी फाइनान्स सुविधालगायतका सेवा उपलब्ध गराएको छ ।
ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभ गरेबापत् आकर्षक उपहार जित्नेछन् ।