नेपालमा केटिएम डुक १२५ आउने भएको छ । कम्पनी अबको केहि महिना भित्र यो बाइक सार्वजनिक गर्ने तयारीमा छ ।
अस्ट्रियाको टु–ह्वीलर कम्पनी केटीएमले केही समय अगाडि भारतीय बजारमा आफ्नो नयाँ मोडल डुक-१२५ सार्वजनिक गरेको थियो । नेपाली बजारमा युवा जमातको ठूलो रोजाइमा पर्ने गरेको डुकका अन्य मोडले सफता पाइसकेका छन् ।
डूक-१२५ को एक्स शोरुम मूल्य १ लाख १८ हजार १ सय ६३ भारतीय रुपैयाँ निर्धारण गरेको छ । बाइकमा १२४।७ सीसी लिक्विड- कुल्ड सिङ्गल सिलिन्डर इन्जिनले ९ हजार २ सय ५० १४.५ एचपी पावरकासाथै ८ हजार आरपीएममा १२ एनएम(टर्क उत्पादन गर्छ । यो मोटरसाइकलमा केटीएम ड्यूक-२०० जस्तैको छ । मोटरसाइकलको टपस्पीड क्षमता १२० किलोमिटर प्रतिघन्टा रहेको कम्पनीले जनाएको छ । नेपाली बजारमा यसको मूल्य झन्डै तीन लाख जति पर्न आउँछ ।