यस्ता छन् बजारमा अाएका अप्रिलिया डट बाइक, मूल्य कति ?

१२४.२ सीसी इन्जिन क्षमताका यी बाइक १० हजार ५ सय आरपीएममा १५ हर्स पावर र ८ हजार आरपीएममा ११.३ एनएम टर्क उत्सर्जन गर्ने कम्पनीको दाबी छ ।

काठमाडौं । नेपाली बजारमा अप्रिलाका दुई बाइक सार्वजनिक भएका छन् । अप्रिला बाइकको नेपालका लागि आधिकारिक वितरक लाइफ स्टाइल प्रालिले अप्रिलिया एसएक्स र आरएक्स १२५ डट बाइक नेपाली बजारमा ल्याएको हो ।

१२४.२ सीसी इन्जिन क्षमताका यी बाइक १० हजार ५ सय आरपीएममा १५ हर्स पावर र ८ हजार आरपीएममा ११.३ एनएम टर्क उत्सर्जन गर्ने कम्पनीको दाबी छ ।

७.५ लिटर इन्धन भण्डारण क्षमताका यी बाइकमा १२५ सीसी सिंगल सिलिन्डर, ४ स्ट्रोक इन्जिन दिइएको छ । कम्पनीले मोटरसाइकलको मूल्य ७ लाख ९९ हजार निर्धारण गरेको छ ।