रिक्त भएको ५ महिनापछि सरकारले थाल्यो टेलिकमको प्रबन्ध निर्देशक नियूक्ति प्रक्रिया, तीन सदस्य छनोट समिति

मंसिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले ३ सदस्य समिति गठनको निर्णय गरेको हो ।

सरकारले रित्त भएकहो ५ महिनापछि नेपाल टेलिकमको प्रवन्ध निर्देशक नियूक्ति प्रक्रिया थालेको छ । टेलिकमको प्रवन्ध निर्देशक नियूक्तिका लागी तीन सदस्य छनोट समिति गठन गर्ने भएको छ ।

मंसिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले ३ सदस्य समिति गठनको निर्णय गरेको हो । गत साउन २९ गतेको मन्त्रिपरिषद्को बैठकले कामिनीराज भण्डारीलाई बर्खास्त गरेको थियो । सरकारले उनलाई उद्देश्य अनुसारको कार्यसम्पादन गर्न नसकेको भन्दै भण्डारी बर्खास्तमा परेकी थिइन् । साउनदेखि अहिले टेलिकमको प्रवन्धनिर्देशकको पद रिक्त रहेको छ ।