भित्तै ढाक्ने १४६ इन्चको टीभी ‘द वाल’, कति छ मूल्य ?

यो आकर्षक १४६ इन्चको टीभी यति ठूलो मात्र होइन कि माइक्रोलेड भनिने फेन्सी डिस्प्ले प्रविधियुक्त पनि छ, जसलाई कम्पनीले ‘भविष्यको स्क्रीन’ भनी दाबी गरेको छ ।

तपाईंको टीभी सामसुङको ‘द वाल’ टेलिभिजन जत्रो पक्कै छैन । जबसम्म तपाईं कुनै थियेटरको मालिक हुनुहुन्न, शायद ? तर, शायद तपाईं हुनुहुन्न ।

यो आकर्षक १४६ इन्चको टीभी यति ठूलो मात्र होइन कि माइक्रोलेड भनिने फेन्सी डिस्प्ले प्रविधियुक्त पनि छ, जसलाई कम्पनीले ‘भविष्यको स्क्रीन’ भनी दाबी गरेको छ ।

यो अधिकांश घरेलु टीभीको आकारभन्दा दोब्बर ठूलो छ । जसले हालसालै ५५ इन्चको टीभी किनेका छन्, १४६ इन्चको टीभी कति ठूलो होला भनेर अड्कल गर्न गाह्रै होला ।

सुपर बिगभन्दा पनि ठूलो यो सामसुङ टीभी दक्षिण कोरियाली कम्पनीको नयाँ प्रकारको डिस्प्ले प्रविधिको प्रदर्शन हो, जसलाई मोड्युलर माइक्रोएलडी प्रविधि भनिन्छ ।

‘मोड्युलर माइक्रोलेड’ यो वाक्यांश अनर्गल शब्दहरुको थुप्रो मात्रै जस्तो लाग्छ, होइन त ?

सामसुङका अनुसार टीभीको सन्दर्भमा यसको अर्थ हो –‘यो माइक्रोमिटर–स्केल एलईडीसँगै स्व–उत्सर्जित टीभी हो, जुन अहिलेका एलईडीको तुलनामा निकै सानो हुन्छ तथा प्रकाशको आफ्नो स्रोतका रूपमा काम गर्छ ।

औसत मान्छेहरुका लागि यसको अर्थ टीभीलाई ब्याकलाइटको आवश्यकता पर्दैन । मोड्युलरको अर्थ हो, यो किन्नेले कस्टमाइज गर्न सक्छ ।

यो ‘वाल’ भनिने टीभीको मूल्य तथा बजारमा आउने मिति अझैसम्म तय भएको छैन । तर, आगामी वर्षको मार्चमा निर्धारित एक प्रेस कार्यक्रममा यसका बारेमा सबै जानकारी दिइनेछ भन्ने समाचारमा बताइएको छ ।