हुण्डाई गाडिको खरिदकर्तालाई स्वास्थ्य बिमा योजना

नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि ले हुण्डाई परिवार अन्तर्गत हुण्डाई क्येर योजना ल्याएको छ  जसमा हरेक नयाँ हुण्डाई गाडिको खरिदमा १ वर्षको स्वास्थ्य विमा प्रदान गर्ने कम्पनीको भनाई छ ।

आफ्नो ग्राहकसगँ नजिक र आत्मियताको सम्बन्ध बनाउनको निम्त्ति हुण्डाई मोटर्सले हुण्डाई परिवार योजना संचालन गर्दै आइरहेको छ । आफ्ना ग्राहकको अमुल्य स्वास्थ्यलाई ध्यानमा राखि हुण्डाई क्येर योजना अन्र्तगत हुण्डाई परिवारको नयाँ ग्राहकवर्गले प्रत्येक हुण्डाई गाडीको खरिदमा आपmनो नजिकको परिवारको लागि रु १० लाख सम्मको बिमा योजना फेमिलि फ्लोटर योजना गर्ने कम्पनीको भनाई छ ।

हुण्डाई मोटर्सले निरन्तर रुपमा ग्राहकवर्गसगँ नजिक र आत्मियताको सम्बन्ध बनाउदै आइरहेका छ । यो नयाँ योजनाले पनि आफ्ना ग्राहकवर्ग माझ खुशियाली छर्ने र नयाँ ग्राहकहरुको लागि हुण्डाई परिवारको साथ जोडिन मद्दत गर्ने आशा राख्दछ् ।