चिनियाँ अटो बजारमा पावलपुल इलेक्ट्रीक बाइक बाइक अहिले उत्कृष्ट बन्दै गएको छ । लिथियम व्याट्री दिइएको उक्तबाइकमा एक सय २० भोल्टको व्याट्री दिइएको छ ।
जेवाई २४००० डिएक्स नाम दिएको बाइको तौल दुई सय ५० केजि छ । प्रति घण्टा एक सय ६० किलोमिटरका दरको स्पिडले कुद्छ । यस विद्युतियबाइकले २०० केजि सम्मको लोडलाई साधारण रुपमा तान्न सक्छ ।
माइलेज भने दुई सय किलोमिटर सम्म दिने कम्पनीको दाबी छ । चीनमा जिन्या भेकल कम्पनीले यो मोटरसाइकलको आधिकारीक रुपमा वितरण गरिरहेको छ । अगाडी पछाडी दुबै तर्फ डिक्स ब्रेक दिइएकाले बाइकलाई स्पिडमा रोक्न कुनै समस्या पदैन् ।
चिनियाँ बजारमा यसको मूल्य अमेरिकि डलर २५ देखि २८ हजार डलर पर्न कम्पनीले दाबी गरेको छ । यो बाइक नेपाली बजारम आउँने हो भने भन्सार बाहेकै २७ लाख पर्छ । जिन्या कम्पनीका अनुसार यसको म्याक्सीमम पावर ७ सय देखि नौसय सिसी रहेको छ । यो बाइक कालो, हरियो, रातो कलरमा उपलब्ध छन् । बाइक चिनियाँ विद्युतिय मोटरसाइकलमा अगाडी रहेको कम्पनीले जनााएको छ ।