एकान्तकुना यातायात कार्यलयमा चालक अनुमतिपत्र प्रविधिले समस्या, सर्भरमा भएन एकरुपता

प्रविधिले समस्या आउँदा सेवाग्राहीलाई असुविधा भएको सो कार्यालयका शाखा अधिकृत रमेश पौडेलले बताए । उत्तीर्ण अनुत्तीर्णबारेको अभिलेख ढड्डा र सर्भरमा एकरुपता नहुँदा समस्या देखिएको हो उनले भने ‘यी सबै गल्ती सच्याउनै पर्ने हुँदा समय लाग्छ’ ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनामा चालक अनुमतिपत्रमा प्रविधिका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको छ । प्रविधिले समस्या आउँदा सेवाग्राहीलाई असुविधा भएको सो कार्यालयका शाखा अधिकृत रमेश पौडेलले बताए । उत्तीर्ण अनुत्तीर्णबारेको अभिलेख ढड्डा र सर्भरमा एकरुपता नहुँदा समस्या देखिएको हो उनले भने ‘यी सबै गल्ती सच्याउनै पर्ने हुँदा समय लाग्छ’ ।

चालक अनुमतिपत्रमा पहिले एउटा समूहमा रहेको सवारीलाई अहिले अर्काे समूहमा राखिएको छ । पहिले अन्य समूहमा राखिएको गह्रौँ सवारी (हेभी)लाई अहिले छुट्टै समूहमा राखिएको छ । केही दिनपहिले सवारी चालक अनुमतिपत्र नवीकरणका लागि सेवाग्राही आउँदा एउटा समूहबाट अर्काेमा नवीकरण गर्न शाखा अधिकृत पौडेलले यहाँबाट सकेनन् । यी सबै समस्यामा कार्यालयले सेवाग्राही विभाग पठाउँछ । उनले भने ‘यहाँबाट समाधान नहुने समस्या विभागमा नै पठाउनुपर्ने अवस्था छ’ ।

कार्यालयमा अहिले कार्यरत कर्मचारीमध्ये तीन जनाले मात्रै सर्भरको प्रयोग गर्छन् । त्यसमा देखिएको समस्या तीनै कर्मचारीले समाधान निकाल्न नसकेपछि विभाग पठाउने गरिएको छ । नीतिगत रुपमा कार्यालय प्रदेश मातहतमा गए पनि व्यावहारिकरुपमा गएको छैन । प्रविधि हस्तान्तरण नहुँदा सामान्य समस्या आउँदासमेत सेवाग्राही विभागनै पठाउनुपरेको कर्मचारी बताउँछन् ।