टेलिकमको फोरजी विस्तारमा चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई योग्य

नेपाल टेलिकमको फोरजी विस्तारका लागी चाइनिज कम्पनी जेडटीई र सीसीएसआईलाई दिने तयारी भएको छ । यसअघि नेपाल टेलिकमले देशभर फोरजी विस्तारका लागि २०७४ कात्तिक २२ गते टेन्डर आह्वान गरेको थियो।

उक्त टेन्डर आह्वानमा हुवावे, जेडटीई, माभिनिर र सीसीएसआई गरी चार कम्पनी ठेक्काका लागि प्रतिस्पर्धामा आएका थिए । सूचना तथा सञ्चारमन्त्रालयले भने छानिएका दुई कम्पनी एकै चोटि मर्ज भएर आए फोरजी विस्तारको जिम्मा दिन सकिने जनाएको छ । सञ्चार मन्त्रालयका अनुसार उनीहरू दुवैले कुल १९ अर्ब २० करोडको हाराहारीमै फोरजीको काम सक्नुपर्ने छ ।