नयाँ अबतारका साथ नेपाली बजारमा बीएमडब्ल्यूका बाइक, यस्तो छ मूल्य

३०० एमएम डिस्क ब्रेक राखिएको छ जसले जति नै रफतारमा कुदिरहेको बाइकलाई रोक्न सक्छ् । कम्पनीले कलर अनुसार बाइकको मूल्य निर्धारण गरेको छ ।

नेपाली बजारमा बीएमडब्ल्यूका बाइकले प्रवेश पाएका छन् । टर्क मोटर्सले ल्याएका यी बाइक जर्मनी प्रविधिमा आधारित छन् । बीएमडब्ल्यूद्वारा उत्पादित जी–३१० आर र जी–३१० जीएस बाइक नेपाली बजारमा आएका हुन् । बजारमा शुक्रबारदेखि कम्पनीले बिक्री थाल्ने जनाइएको छ । डिजाइन तथा बडीले बाइकलाई फरक देखाएको छ ।

बाइकमा ३१३ सीसी क्षमताको वाटर कुल्ड, सिंगल सिलिन्डर राखिएको छ । उक्त इन्जिनले ९,५०० आरपीएममा ३४ बीएचपी पावर र ७५०० आरपीएममा २८ एनएम टर्क उत्पादन गर्छ । जी–३१० जीएसको तौल १६९ केजी छ भने जी–३१० आरको १५८.५ किलोग्राम छ । ६ स्पिड गिएर दिइएको बाइकको टप स्पिड एक सय ४३ किलोमिटर प्रतिघन्टा छ । ३०० एमएम डिस्क ब्रेक राखिएको छ जसले जति नै रफतारमा कुदिरहेको बाइकलाई रोक्न सक्छ् । कम्पनीले कलर अनुसार बाइकको मूल्य निर्धारण गरेको छ ।

नेपालमा आएका यी बाइक रातो, कालो र सेतो कलरमा उपलब्ध छन् । कम्पनीले जसमध्ये रातो र कालो रंगका मोडल जी–३१० आरको मूल्य समान ९ लाख ५० हजार रुपैयाँ तोकेको छ । त्यस्तै सेतो रंगमा उपलब्ध मोडलको मूल्य भने ९ लाख ७५ हजार रुपैयाँ राखिएको छ । त्यसैगरी रातो र कालो रंगमा बजारमा आएको बिएमडब्ल्यु जी–३१० जीएसको मूल्य १० लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ भने, सेतो रंगमा उपलब्ध सोही मोडलको मूल्य ११ लाख ११ हजार ५ सय रुपैयाँ तोकिएको छ ।तस्विरमेरोअटो