यसमा अगाडिको हेडलाइट पनि फरक ढङ्गले एडजस्ट गरिएको छ । बाइकको इन्जिनमा कुनै परिवर्तन गरिएको छैन । माइलेज र इन्धन क्षमता पनि उही छ । तर, कम्पनीले बडी र लुक्सलाई परिमार्जन गरी यसलाई अब्बल बनाएको छ ।
पल्सर एनएस २०० नयाँ लुक्स तथा डिजाइनमा देखिएको छ । यो बाइक फिलिपिन्समा मोडिफाइ गरी नयाँ लुक्समा ल्याइएको हो । बाइकको अगाडिको बडी नेपाली बजारमा भएका एनएस २०० जस्तै छ भने पछाडिको सिट भएको भाग बेनेली लियोनसिना जस्तै लुक्स दिइएको छ ।
यसमा अगाडिको हेडलाइट पनि फरक ढङ्गले एडजस्ट गरिएको छ । बाइकको इन्जिनमा कुनै परिवर्तन गरिएको छैन । माइलेज र इन्धन क्षमता पनि उही छ । तर, कम्पनीले बडी र लुक्सलाई परिमार्जन गरी यसलाई अब्बल बनाएको छ ।
रियर र ब्याक दुवै पाङ्ग्रामा डिक्स ब्रेक दिइएको यो बाइक अग्लो र झट्ट हेर्दा डट बाइक जस्तै देखिन्छ । साइलेन्सरसमेत पछाडिबाटै निकालिएको छ । जसले यो बाइकलाई उत्कृष्ट देखाइदिएको छ ।
एलईडी हेड ल्याम्प दिइएको यो बाइकको लुक्स मोटरक्रस युनिट जस्तै देखिएको छ । लगभग स्ट्रिट फाइटर जस्तै लुक्सले यसलाई झन् आकर्षक बनाइदिएको छ । राइडर बस्ने सिट छोटो छ । एजेन्सी