निर्धारित दररेटमा किसानको उखुु खरिद गर्नुुपर्नेमा गरुडास्थित श्रीराम सुुगर मिल्स, रिलायन्स सुुगर मिल तथा एभरेष्ट सुगर मिल्सले २६ रुपैयाँ २० पैसा कम मूल्यमा खरिद गरिरहेको किसानले गुुनासो गरेका छन् ।
रौतहटमा उद्योगी र दलाल मिलेर निर्धारित मूल्यभन्दा थोरैमा उखुु खरिद गरिरहेका छन् । यसको प्रत्यक्ष मारमा आपूmहरु परेको स्थानीय किसानहरुले बताए ।
नियमनकारी निकायको मौनताका कारण उद्योगीले छुुट्टाछुुट्टै स्थानमा उखुु खरिदका लागि काँटा राखेर दलालमार्पmत निर्धारित दरभाउभन्दा निकै कम मूल्यमा किसानको उखुु खरिद गरिरहेका छन् ।
उखुु उत्पादक किसान सङ्घ र चिनी उत्पादक उद्योगीबीच काठमाडौँमा अर्को भाउ नतोकुन्जेल प्रतिक्विन्टल उखुुको मूल्य मिलमा ५३१ रुपैयाँ २० पैसा निर्धारण गरिएको थियो । निर्धारित दररेटमा किसानको उखुु खरिद गर्नुुपर्नेमा गरुडास्थित श्रीराम सुुगर मिल्स, रिलायन्स सुुगर मिल तथा एभरेष्ट सुगर मिल्सले २६ रुपैयाँ २० पैसा कम मूल्यमा खरिद गरिरहेको किसानले गुुनासो गरेका छन् ।
जिल्लामा २० लाख क्विन्टलभन्दा बढी उखुु उत्पादन हुुन्छ । श्रीराम सुुगर मिल गरुडाले प्रतिक्विन्टल ६ रुपैयाँ २० पैसा कम मूल्यमा खरिद गरिरहेको छ । सो मिलले दलालमार्फत उखु खरिद गरिरहेको कटहरिया नगरपालिका–१ हर्षाहाका गणेश साहले बताए ।
त्यसैगरी, रिलायन्स र एभरेष्ट सुुगर मिलका केही कर्मचारी र दलाल मिलेर समनपुर, बडहरवा, विजयपुर, दुधिअवालगायत स्थानमा काँटा खोलेर प्रतिक्विन्टल उखुु १६ देखि २६ रुपैयाँ कममा खरिद गरिरहेका पीडित किसानले बताएका छन् । उखुु उत्पादक किसान सङ्घका अध्यक्ष अशोककुुमार यादवले तीनओटै मिलका कर्मचारी र केही व्यापारी मिलेर किसानलाई ठगिरहेको बताए ।