बैठकमा व्यवसायीले चलअचल सम्पत्ति, सवारीसाधन रुपान्तरण, सम्पत्ति कम्पनीमा पनि लैजान पाउनुपर्ने, समितिमा कार्यरत कर्मचारी, सबै सवारीसाधन कम्पनीमा स्वतः रुपान्तरण गर्नमा सरकारको सहयोग चाहिने भन्दै कम्पनीमा जाने निधो गरेका थिए ।
यातायात व्यवसायी कम्पनी मोडलमा जान तयार भएका छन् । यातायात व्यवसायी राष्ट्रिय महासङ्घको बिहीबार र शुक्रबार बसेको केन्द्रीय बैठकमा व्ययवसायी कम्पनी मोडलमा जान राजी भएका हुन् ।
बैठकमा व्यवसायीले चलअचल सम्पत्ति, सवारीसाधन रुपान्तरण, सम्पत्ति कम्पनीमा पनि लैजान पाउनुपर्ने, समितिमा कार्यरत कर्मचारी, सबै सवारीसाधन कम्पनीमा स्वतः रुपान्तरण गर्नमा सरकारको सहयोग चाहिने भन्दै कम्पनीमा जाने निधो गरेका थिए ।
सरकारले साउन मसान्तबाटै सबै समिति कम्पनी मोडलमा जानु पर्ने भने पनि समस्याका कारण पुस मसान्तको भाका सारिएको थियो । सरकारले कम्पनीमा दर्ता भएर यातायात व्यवस्था विभागबाट पञ्जीकरण नगरी सार्वजनिक यातायात सञ्चालन गर्न नपाउने निर्णय गरेको थियो ।
यातायातात व्यवस्था विभागमा पञ्जीकरण नहुने सार्वजनिक यातायात पुस १ गतेदेखि गुड्न नपाउने भएपछि महासङघ सहजीकरण गरे कम्पनीमा जान तयार भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हिजो सार्वजनिक गरेको तथ्याङ्कले करिब चार लाख सवारीसाधनमध्ये करिब ६ हजार मात्र कम्पनी मोडलमा गएको बताएको थियो । अब सबै कम्पनी मोडलमा आधारित भएर चल्नुपर्ने छ ।