यूएसबी चाजरसहित केटीएम ३९० एड्भेन्चर बाइक लन्च हुने

अहिले सबैको रोजाइमा केटीएमका बाइक पर्ने गरेका छन् । भारतीय बजारमा २०१९ को सुरुमा लन्च भयो भने त्यसको ६ महिनापछि नेपालमा आउने विश्वास गर्न सकिन्छ ।

केटीएम ३९० एडभेन्चर बाइक सार्वजनिक हुने भएको छ । भारतमा २०१९ को पहिलो अथवा दोस्रो महिनाभित्र यो बाइक सार्वजनिक हुने जनाइएको छ । यो बाइक झट्ट हेर्दा रोयल इन्फिल्ड हिमालय जस्तै देखिन्छ । यसको बडी र पाङ्ग्रा क्रसफाएर जस्तै छ ।

केटीएम बाइकले युवाहरुको मन जित्दै गएको हुँदा नयाँ सेग्मेन्टका पावरफुल महँगा बाइक नेपाली तथा भारतीय बजारमा प्रवेश पाउन थालेका छन् । अहिले सबैको रोजाइमा केटीएमका बाइक पर्ने गरेका छन् । भारतीय बजारमा २०१९ को सुरुमा लन्च भयो भने त्यसको ६ महिनापछि नेपालमा आउने विश्वास गर्न सकिन्छ ।

अस्ट्रेलियन कम्पनी केटीएमले नयाँ एडभेन्चरमा ३७३ सीसीको इन्जिन दिएको छ । जसले ३७ एनएमका साथ ७ हजार आरपीएम टर्क जेनरेट गर्छ । यसको म्याक्सिमम पावर भने ४५ दशमलव ५ पीएसमा ९ हजार आरपीएम छ । यो बाइकको तौल एक सय आठ केजी छ । ६ ओटा गिएरबक्स दिइएको यो बाइक एभीएस सेग्मेन्टमा आधारित रहेको कम्पनीले जनाएको छ ।

भारतमा यसको लन्च २०१८ जुनमै हुने भनिए पनि सफल भएन । एडभेन्चर बाइकमा मोबाइल चार्जका लागि यूएसबी चार्जरसहित ब्ल्यूटुथ कनेक्टिभिटीसमेत उपलब्ध छ ।

एडभेन्चर ३९० बाइकले रोयल इन्फिल्डको हिमालयसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ । भारतीय बजारमा यसको मूल्य दुई लाख २० हजार भारतीय रुपैयाँ तोकिएको छ । नेपाल आइपुग्दा यसको मूल्य आठदेखि दस लाख पर्नसक्छ ।