इमेलमा आएको लिङ्कमा क्लिक गरेपछि अनलाइन प्रणालीको वेबसाइट आफ्नो डेक्सटप/मोबाइलमा खुल्छ । अनलाइनको वेबसाइट खुलेपछि ‘पासवर्ड चेन्ज’मा गएर अरुले ‘ह्याक’ गर्न नसक्ने खालको पासवर्ड राख्नुपर्छ । त्यसपछि सिस्टमले ‘पासवर्ड सक्सेसफुल’ भनेपछि आफ्नो युजर आईडी अनलाइन प्रणालीमा ‘लग इन’ हुन्छ ।
काठमाडौं : लगानीकर्ताले सबैभन्दा पहिले आफूले कारोबार गर्दै आएको वा अब गर्ने धितोपत्र दलाल (ब्रोकर) कम्पनीमा गएर आफ्नो युजर आईडी र पासवर्ड लिनुपर्छ । त्यसपछि युजर आईडीलाई आफ्नो ईमेल आईडीमा लिङ्क गर्नुपर्छ । ब्रोकर कम्पनीलाई कात्तिक २० गतेदेखि नै युजर र पासवर्ड दिएकाले उनीहरुको खातामा पहिले नै अनलाइन सञ्चालित भइसकेको छ ।
त्यसैले युजर आईडी र पासवर्डमा ईमेल लिङ्क गरेपछि ईमेलमा एउटा लिङ्क आउँछ । इमेलमा आएको लिङ्कमा क्लिक गरेपछि अनलाइन प्रणालीको वेबसाइट आफ्नो डेक्सटप/मोबाइलमा खुल्छ । अनलाइनको वेबसाइट खुलेपछि ‘पासवर्ड चेन्ज’मा गएर अरुले ‘ह्याक’ गर्न नसक्ने खालको पासवर्ड राख्नुपर्छ । त्यसपछि सिस्टमले ‘पासवर्ड सक्सेसफुल’ भनेपछि आफ्नो युजर आईडी अनलाइन प्रणालीमा ‘लग इन’ हुन्छ ।
त्यसैगरी, अनलाइन वेबसाइटमा प्रत्येक पटक कारोबार गर्दा वन टाइम पासवर्ड (ओटीपी)÷कोड नम्बर आउँछ । त्यसलाई वेबसाइटले मागेअनुसार राखेपछि कारोबार गर्न सकिने नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले जनाएको छ । कोड नम्बर राखेपछि वेबसाइटमा नेप्सेको ड्यासबोर्ड देखाउँछ । नेप्सेको ड्यासबोर्डमा दुई प्रकारका ‘क्लिक बटन’ ‘अर्डर म्यानेज’ र ‘बाई÷सेल’ सिस्टम हुन्छन् । वेबसाइटबाट बिक्रीको आदेश दिएमा रातो तथा खरिदको आदेश दिँदा नीलो रङ आउने नेप्सेले जनाएको छ ।
अनलाइन प्रणालीमा आफ्नो ‘युजर आईडी’ र ‘पासवर्ड’ ‘लग इन’ भएपछि सेयर खरिदबिक्रीका लागि आफ्नो बैङ्क खातामा आफूले खरिद गर्न चाहेको सेयरको २५ प्रतिशत रकम हुनुपर्ने नेप्सेले जनाएको छ । तर, ब्रोकर कम्पनीले पूरै रकमको माग गर्न पनि सक्छ अथवा २५ प्रतिशत रकम नहुँदा पनि तपाईंलाई सेयर किनिदिन सक्छ । यस्तै सेयर बिक्रीका लागि आफ्नो डिम्याट खातामा आवश्यक सेयर हुनुपर्ने छ । यदि आफूले दिएको बिक्री आदेशअनुसारका सेयर डिम्याटमा उपलब्ध नभए आफूले दिएको बिक्री ओदश स्वतः रद्द हुने नेप्सेले जानकारी दिएको छ ।
खरिदमा रातो रङ्ग तथा बिक्रीमा नीलो रङ राख्नुको कारण बताउँदै नेप्सेले रातो रङ देखेपछि मानिस केही सचेत हुने जनाएको छ । यो दुई प्रकारको रङ्ग वेबसाइटमा राखेपछि लगानीकर्ताले झुक्किएर पनि गल्ती नगर्ने नेप्सेको भनाइ छ । रातो र नीलो रङ राख्नुको मुख्य उद्देश्य खरिद÷बिक्री गर्दा लगानीकर्ता नझुक्किउन् भन्ने हो ।