दबाब समूहको आह्वानमा सेयर कारोबार बन्द, कारोबार गर्नेलाई कारबाही गर्ने चेतावनी

काठमाडाैं ।सरकारलाई दबाब दिन खोलिएको सेयर लगानीकर्ता दबाब समूहको आह्वानमा सोमबार सेयर कारोबार बन्द भएको छ । खुलेको करिब आधा घण्टासम्म पनि नेप्सेमा कारोबार भएको छैन । सरकारले पटक पटक आफूहरुलाई झुक्याएको भन्दा लगानीकर्ता दबाब समूहले सेयर कारोबार नै गर्न नपाउने गरी बन्दको आह्वान गरेका हुन् । लगानीकर्ताको समूह गत साताको आइतबारदेखि रिले अनशन बस्दै आएका थिए । लगत्तै अर्थ मन्त्रलयले...

काठमाडाैं ।सरकारलाई दबाब दिन खोलिएको सेयर लगानीकर्ता दबाब समूहको आह्वानमा सोमबार सेयर कारोबार बन्द भएको छ । खुलेको करिब आधा घण्टासम्म पनि नेप्सेमा कारोबार भएको छैन । सरकारले पटक पटक आफूहरुलाई झुक्याएको भन्दा लगानीकर्ता दबाब समूहले सेयर कारोबार नै गर्न नपाउने गरी बन्दको आह्वान गरेका हुन् ।

लगानीकर्ताको समूह गत साताको आइतबारदेखि रिले अनशन बस्दै आएका थिए । लगत्तै अर्थ मन्त्रलयले ४ सदस्य समिति गठन गरेर पुँजी बजारमा रहेको समस्यालाई खुलाउन भनेको थियो । उक्त समितिले प्रतिवेदन तयार गरिसकेको र बुधबार मात्र अर्थमन्त्रालयमा बुझाउने बताइएको छ ।

यद्यपि अर्थ मन्त्रालयले लगानीकर्ताको दबाब समूहलाई शुक्रबार वार्तामा बोलाएर नेपाल राष्ट्र बैङ्कको मूल गेटबाट भित्र छिर्न नदिइएको लगानीकर्ताले बताउँदै आएका छन् । सरकारले लगानीकर्तालाई हेप्दै आएको बताएका लगानीकर्ताले दबाब समूहका सदस्यलाई काठमाडौंका प्रत्येक ब्रोकर कार्यालयमा रहेका छन् । उनीहरुले कारोबार गर्ने जोकोहीलाई त्यसको भागेदारी आफैं स्वयम हुनुपर्ने चेतावनीसमेत दिएका छन् ।

सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले आजको बन्द सफल पार्दै दबाब समूहलाई सहयोग गर्न आह्वान गरेका छन् । उनले फेसबुक स्ट्याटसमार्फत सबै लगानीकर्तालाई सेयर कारोबार नगरी नेप्सेमा उपस्थित हुन भनेका छन् ।

अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठकाे संयोजकत्वमा धितोपत्र बोर्डका अध्यक्ष, बैंकर्स संघका अध्यक्ष, सेयर लगानीकर्ता संघका प्रतिनिधि र अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिव सदस्य रहेको समिति गठन गरेको थियो ।