उपयुक्त मौसम तथा आलुखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएकाले उत्पादनमा वृद्धि भएको विष्टले बताए । यस वर्ष जिल्लामा हिउँदे आलुखेती ५ सय ५५ र बर्खे आलुखेती २ सय ८५ हेक्टर क्षेत्रफलमा गरिएको थियो । गत वर्ष जिल्लाबाट तीन हजार मेट्रिक टन आलु निर्यात भएको थियो ।
डडेल्धुरामा आव २०७३/७४ मा ३६ करोड रुपैयाँ बराबरको आलु उत्पादन भयो । जिल्लाभरिमा गत वर्ष १८ हजार मेट्रिक टन आलु उत्पादन भएको थियो । यस वर्ष २४ हजार मेट्रिक टन आलु उत्पादन भएको छ ।
यस वर्ष आलु उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले जानकारी दिए । उपयुक्त मौसम तथा आलुखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएकाले उत्पादनमा वृद्धि भएको विष्टले बताए । यस वर्ष जिल्लामा हिउँदे आलुखेती ५ सय ५५ र बर्खे आलुखेती २ सय ८५ हेक्टर क्षेत्रफलमा गरिएको थियो । गत वर्ष जिल्लाबाट तीन हजार मेट्रिक टन आलु निर्यात भएको थियो ।
कार्यालयले गत वर्ष किसानलाई ५० मेट्रिक टन आलुको बीउ वितरण गरेको थियो । यस वर्ष करिब सय मेट्रिक टन बीउ अनुदानमा वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत डडेल्धुरालाई आलु उत्पादनको सुपर जोन क्षेत्र घोषणा गरिएपछि किसान उत्साहित भएका छन् । आलुखेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि केही वर्षदेखि आलुखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको विष्ट बताउँछन् । आलुखेतीतर्फ किसानको आकर्षण बढाउन कृषि विकास कार्यालयले विभिन्न कार्यक्रमअन्तर्गत अनुदानमा बीउ वितरणका साथै प्राविधिक सहयोगसमेत गर्दै आएको छ । अमरगढी नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका र गन्यापधुरा गाउँपालिकालाई आलुखेतीका लागि कार्यालयले पकेट क्षेत्र घोषणा गरेको छ ।
हिउँदे बाली लगाउँदा जङ्गली जनावरले नष्ट गर्ने हँुदा पछिल्लो समयमा कृषक आलु र तरकारीखेतीतर्फ आकर्षित भएका हुन् । अजयमेरु गाउँपालिका–१ समैजीका कृषकले अन्य बाली लगाउन छोडेर आलुखेतीतर्फ लागेका छन् । गहुँबाली लगाउने करिब १० रोपनीमा आलुखेती गरेको समैजीका माधवी भण्डारी बताइन् । आलुखेतीसँगै गोलभेँडा, काउली, बन्दागोभी र हरियो सागपात लगाउने क्रम बढ्दै गएको छ ।
जिल्लामा वर्षको दुईपटक आलुखेती गरिन्छ । बर्खे आलुबाट बढी फाइदा हुने गरेको अमरगढी–७ पोखराका लक्ष्मी कामीले बताइन् । बर्खामा आलु कम उत्पादन हुने भएकाले मूल्य बढी पाउने उहाँ बताउनुहुन्छ । किसानले अहिले आलु प्रतिकिलो २० देखि २५ रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् ।