सिन्धुपाल्चोकको दुर्गम क्षेत्र पाँचपोखरीमा टेलिकमका टावर सञ्चालन

सिन्धुपाल्चोकको दुर्गम क्षेत्र पाँचपोखरी थाङ्पालगाउँपालिकामा नेपाल टेलिकमका दुई टावर सञ्चालनमा आएका छन् ।आजदेखि पाँचपोखरी थाङ्पाल–१ जतन र वडा नं ३ भोताङमा नेपाल टेलिकमको टावर सञ्चालन गरिएका हुन् ।

गाउँपालिकाला उपप्रमुख सुनिता अधिकारी, नेपाल टेलिकमका निर्देशक अनन्तकुमार सिंहले गाउँपालिकाका प्रवक्ता पासाङ लामा, १ नं वडाका अध्यक्ष सूर्यमान दोङ र ३ नं वडाका वडाध्यक्ष ङिमा छिरिङ तामाङले संयुक्तरुपमा टावरको उद्घाटन गरेका थिए ।
टावर सञ्चालनमा आएसँगै स्थानीयवासीलाई फोन गर्न डाँडा चढ्नु पर्ने समस्याको अन्त्य भएको छ । यसबाट दुर्गम भेगका १५ वडा लाभान्वित भएका छन् ।