अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुन:केही कमी आएको र अमेरीकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएको कारणले गर्दा फर्मुला बमोजिम पेट्रोल ,डिजेल र मटितेल मूल्य घटाएको जनाएको छ ।
काठमाडौं : पेट्रोलियम पदार्थको मुल्य दोश्रो पटक घटेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ वजे पछि लागु हुने गरी पेट्रोलमा ,डिजेल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाएको हो ।
निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराइले मूल्य घटेपछि एक लिटर पेट्रोलको मुल्य १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेलको ९७ रुपैयाँ कायम भएको बताए । यस्तै हवाई इन्धनको मुल्य भने यथावत राखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुन:केही कमी आएको र अमेरीकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएको कारणले गर्दा फर्मुला बमोजिम पेट्रोल ,डिजेल र मटितेल मूल्य घटाएको जनाएको छ ।