पहिलोपटक दूरसञ्चार फ्रिक्वेन्सी खुल्ला प्रतिस्पर्धाबाट

दूरसंचार प्राधिकरणले नेपालमा पहिलोपटक दूरसंचार फ्रिक्वेन्सी खुल्ला प्रतिस्पर्धाबाट दिने भएको छ । आधारभुत टेलिफोन सेवा तथा मोबाइल सेवा संचालनको अनुमति पाएका कम्पनीहरुले भाग लिन पाउने यो बोलकबोलमा योग्य हुनका लागि शुल्क तथा रोयल्टी चुक्ता गरेको, कुनै पनि कारबाही तथा चेतावनी नपाएको कम्पनी हुनुपर्ने छ।

९, १८, र २१ सय मेगाहर्ज ब्यान्डमा खाली रहेको फ्रिक्वेन्सी खुल्ला प्रतिस्पर्धाबाट वितरण गर्न लागिएको हो । तीनपटकको बोलकबोलबाट सबैधन्दा धेरै कबोल गर्ने कम्पनीले फ्रिक्वेन्सी पाउने छ । तर प्राधिकरणले तोकेको क्याप भन्दा बढी कुने पनि सेवाप्रदायकले पाउने छैन।

हाल १८ सय ब्यान्डमा १६, २१ सय ब्यान्डमा ४० मेगाहर्ज फ्रिक्वेन्सी बाँकी रहेको छ भने ९ सयमा ०.६ मेगाहर्ज बाँकी रहेको छ। त्यस्तै बाँकी रहेका ३ ब्यान्डको फ्रिक्वेन्सी भने नयाँ टेलिकम कम्पनीलाई दिने तयारी भइरहेको छ । प्राधिकरणले नयाँ कम्पनीलाई प्रवेश गराउनका लागि अन्य कानूनी प्रक्रिया मिलाइरहेको र सोहीअनुसार बोलकबोलबाट दिइने प्राधिकरणले जानकारी दिएको छ।