सिमरामा वल्र्डलिङ्कको नयाँ शाखा विस्तार

इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिङ्कले सिमरामा ‘फाइवर टु द होम’ सेवा सहित आप्mनो शाखा सुरु गरेको छ । फाइबर टुु द होम सर्भिसको माध्यमवाट ग्राहकले उच्चगतिको इन्टरनेट प्रयोग गर्न सक्ने छन् । यो अप्टिकल फाईवर केबलको माध्यमबाट उच्चगतिको इन्टरनेट डाटा बोक्न सक्ने भएकोले भ्वाइस, डाटा, भिडियो फाइलहरु सजिलैसँग अपलोड तथा डाउनलोड गर्न सकिने कम्पनीका नेटवर्क विस्तार परियोजना प्रमुख शंकरराज शिवाकोटीले बताए ।
शाखाको उद्घाटन शिवाकोटीले गरेका हुन् ।

हाल यस कम्पनीले ग्राहकको मागअनुसार १० एमविपिएसदेखि ५० एमविपिएससम्मको सेवा उपलव्ध गराइरहेको छ । यो सेवा विद्यार्थी, सङ्घ संस्था, होटल, रेस्टुरेन्ट, व्यावसायिक स्थान तथा घरमा सर्वसुलभ दरमा प्रयोग गर्न सकिने शिवाकोटीले जानकारी दिए ।

विगतलामो समय देखि सिमारामा ताररहित सेवा दिँदै आएकोमा अव फाइबर टु द होमसेवाको विस्तार सँगै ग्राहकले उच्चगतिको इन्टरनेट सेवाको अनुभव लिन सक्ने समेत प्रमुख शिवाकोटीले वताए ।