‘स्वदेशी उत्पादन बढ्दा मात्रै व्यापार घाटा कम हुन्छ’

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशभित्र उत्पादन वृद्धि नगर्दासम्म आयात प्रतिस्थापन गर्न र रोजगारी सिर्जना गर्न नसकिने बताएका छन् ।

कास्की उद्योग वाणिज्य सङ्घको आयोजनामा पोखरामा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७४ लाई सम्बोधन गर्दै ढकालले भने, ‘देशभित्र उत्पादन वृद्धि हुनासाथ आयात स्वत घट्ने बताए ।

४ नम्बर प्रदेश स्रोत र साधनले सम्पन्न रहेको उल्लेख गर्दै सम्भावना भएका औधोगिक उत्पादनमा सहकार्य गर्न नेपालको निजीक्षेत्र तयार रहेको जानकारी गराए । मुलुकले सङ्घीय संविधान पनि प्राप्त गरेको र सोहि बमोजिम सबै निकायका निर्वाचन सम्पन्न भइसकेकाले अव सवैको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रीत भएको बताए ।