उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले ग्यास उद्योगीहरुको समस्या समधानको लागि सरकार सधैं तयार रहेको बताएका छन् । नेपाल एलपी ग्यास स्थापना भएको १९ वर्षमा प्रवेश गरेको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा सम्बोद्धन गर्दै मन्त्री यादवले पछिल्लो समय देशमा भ्रष्टाचार मौलाएको बताउँदै त्यसमा उद्योगीहरुकै ठूलो हात रहेको आरोपसमेत लगाएका हुन् ।
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले ग्यास उद्योगीहरुको समस्या समधानको लागि सरकार सधैं तयार रहेको बताएका छन् । नेपाल एलपी ग्यास स्थापना भएको १९ वर्षमा प्रवेश गरेको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा सम्बोद्धन गर्दै मन्त्री यादवले पछिल्लो समय देशमा भ्रष्टाचार मौलाएको बताउँदै त्यसमा उद्योगीहरुकै ठूलो हात रहेको आरोपसमेत लगाएका हुन् ।
काम गर्न केही समय पर्खन नचाहने प्रवृत्ति उद्योगीहरुमा रहेको र कर्मचारीलाई पैसा दिएर काम छिटो गर्ने गरेका कारण समस्या परेको बताए । आफू कर्मचारीले गर्ने चलखेलको विरुद्धमा रहेको बताउँदै त्यो अभियानलाई सफल बनाउन उद्योगीहरुकै कारण नसकिएको मन्त्री यादवको गुनासो छ ।
साना साना काम गर्न उद्योगीले कर्मचारीलाई पैसा दिने गरेको आरोप लगाउँदै त्यस्ता काम बन्द गर्न अनुरोध गरे । उनले कुनै कर्मचारीले फाइल रोकेमा सिधै आफूकहाँ आउन अनुरोध गरे । ‘मैले अहिलेसम्म कसैलाई पैसा मागेको छैन, म राम्रो कामको फाइल तत्काल सही गरेर पठाउँछु,’ मन्त्री यादवले भने, ‘तर तपाइँहरु म कहाँ फाइल लिएरै आउनु हुन्न ।’
एक अर्को प्रसङ्गमा मन्त्री यादवले ऐनमा भएका कानुनदेखि कुनैपनि उद्योगी, व्यवसायी डराउनु पर्ने अवस्था नरहेको बताए । जेल हाल्नेसम्मको कानुन गल्ती गर्नेहरुका लागि भएको बताउँदै राम्रो उद्देश्य लिएर राम्रोसँग काम गर्ने उद्योगी व्यवसायीहरु यसबाट त्रसित हुन आवश्यक नभएको मन्त्री यादवको भनाइ छ ।
एलपी ग्यास उद्योगका अध्यक्ष गोकुल भण्डारीले ग्यास उद्योगमा भएको समस्याका विषयमा जानकारी दिएका थिए । उनले सरकारसँग ग्यासमा सहुलियत दिन अनुरोध गरेका छन् ।