ट्याक्सी व्यवसायीले मिटर समायोजन –२०६९ लाई परिमार्जन गरेर वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेका छन् । सरकारसँग आफूहरुले वैज्ञानिक भाडादर कायम गर्न माग गरेको बताउँदै ट्याक्सी चालक पूर्ण तामाङ भन्छन्, अन्तर्राष्ट्रिय अभ्यासलाई पनि सरकारले पालना गरोस् ।
काठमाडाैं : सरकारले ट्याक्सी चालक तथा व्यवसायीको मर्का नबुझेको बताएका छन् । उपत्यका संयुक्त ट्याक्सी चालक व्यवस्थापन समितिले वैज्ञानिक भाडा समायोजन दर तोक्न नसकेको भनी व्यवसायी अक्रोश बनेका हुन् ।
ट्याक्सी व्यवसायीले मिटर समायोजन –२०६९ लाई परिमार्जन गरेर वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेका छन् । सरकारसँग आफूहरुले वैज्ञानिक भाडादर कायम गर्न माग गरेको बताउँदै ट्याक्सी चालक पूर्ण तामाङ भन्छन्, अन्तर्राष्ट्रिय अभ्यासलाई पनि सरकारले पालना गरोस् । ‘विसं २०६९ मा समायोजन गरिएको भाडादर आज पनि त्यही अवस्थामा छ, हाम्रो बारेमा केही सोच्नुपर्दैन ?’ उनले आक्रोश व्यक्त गरे ।
अर्का चालक राम थापाले ट्याक्सी चालकमाथि भइरहेको आक्रमणप्रति सरकार गम्भीर नभएको आरोप लगाए । उनले हरेक चिजको मूल्यवृद्धि भएको अवस्थामा ट्याक्सी भाडा पनि समायोजन हुनुपर्ने जानकारी दिए । उनले भने, ‘२०६९ सालमा ट्याक्सीको रुट परमिट लिँदा २५० रुपैयाँ तिर्नुपथ्र्यो, अहिले पाँच सय तिर्नुपर्छ, तेस्रो पक्षको बिमा पाँच सय थियो भने अहिले सात हजार ८०० रुपैयाँ छ, यस्तो अवस्थामा ट्याक्सीको भाडा बढाउनु आयश्यक छ ।’
अधिकांश ट्याक्सी चालकले सरकारले वैज्ञानिक र मेकानिजम तवरबाट जरिवाना र कारबाही गर्नुपर्ने, रात्रिकालीन समयमा ट्याक्सी चलाउने चालकको सुरक्षा गरिनुपर्ने, उचित रुपमा सङ्ख्यागत आधारमा ट्याक्सीको पार्किङ गर्ने व्यवस्थापन हुनुपर्नेलगायतका माग गरेका छन् ।
मिटरमा जान नमान्ने आरोप आइरहेका बेला सरकार कारवाहीतिर मात्र बढी केन्दि«त देखिएको ट्याक्सी व्यवसायीको गुनासो छ ।
सरकारले अहिले मिटरमा जान नमान्ने ट्याक्सीले पाँच पटकसम्म बद्मासी गर्नेको लाइसेन्स निलम्बन गर्ने प्रक्रिया सुरु गरेको छ । सो नियम लागू भएसँगै दैनिक तीन देखि चार सय ट्याक्सी कारबाहीमा परिरहेको ट्राफिक महाशाखाको भनाइ छ । सरकारको यो नियमले टयाक्सी चालक निकै सजग भएको महाशाख प्रमुख बसन्त पन्तको भनाइ छ ।