आइस्पानले इन्टरनेटको शुल्क नबढाउने र यसअघि लाग्दै आएको दूरसंचार सेवा शुल्क मिनाहा गर्ने विषयमा मन्त्रालयसँग भएको सम्झौता पालना नभएको भन्दै पुस १५ गतेदेखि दूरसंचार सेवा शुल्क १३ प्रतिशत थप लिने चेतावनी दिएको हो ।
काठमाडाैं । इन्टरनेट सेवाशुल्क फेरि बढ्ने भएको छ । इन्टरनेट सेवा प्रदायकहरुको संस्था इन्टरनेट सर्भिस प्रोभाइडर अफ नेपाल (आइस्पान)ले संचार तथा सूचना प्रविधि मन्त्रीलाई ध्यानाकर्षण पत्र दिँदै यही पुस १५ गतेदेखि इन्टरनेटको शुल्कमा वृद्धि गर्ने बताएको हो ।
आइस्पानले इन्टरनेटको शुल्क नबढाउने र यसअघि लाग्दै आएको दूरसंचार सेवा शुल्क मिनाहा गर्ने विषयमा मन्त्रालयसँग भएको सम्झौता पालना नभएको भन्दै पुस १५ गतेदेखि दूरसंचार सेवा शुल्क १३ प्रतिशत थप लिने चेतावनी दिएको हो ।
‘उक्त सम्झौता भएको ५ महिना व्यतित भैसक्दा पनि नेपाल दूरसंचार प्राधिकरणलाई उक्त सम्झौता कार्यान्वयनको लागि पटक पटक अनुरोध गर्दा समेत कुनै निकास नआएको हुँदा यस इन्टरनेट सेवा प्रदायक संस्थाको आकस्मिक बैठक बसी यहि मिति २०७५ पुस १५ गतेबाट लागू हुने गरी १३ प्रतिशत अतिरिक्त दूरसंचार सेवा शुल्क लिने निर्णय गरेको हुँदा सोको जानकारी गराउँदछाैं,’ पत्रमा उल्लेख छ ।
उनीहरुले मन्त्रLलाई बुझाएको ध्यानाकर्षण पत्रमा नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुले आफ्नो पाेल प्रयोग गरेबापत ५ गुणाभन्दा बढी भाडा वृद्धि गरेको दाबी गरेका छन् ।