स्वदेशी तथा विदेशी कम्पनीका विद्युतीय सामग्री तथा उपकरण मेला (फोटाे फिचर)

नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा आगामी पुस १० गतेसम्म मेला चल्ने छ । ‘आर्थिक समृद्धिको संवाहक ऊर्जा’ भन्ने नाराका दिइएको याे प्रदर्शनीकाे नवौं संस्करण हो ।

राजधानीको भृकुटिमण्डपमा निक इलेक्ट्रो टेक प्रदर्शनी २०१८ सुरु भएको छ । नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा आगामी पुस १० गतेसम्म मेला चल्ने छ । ‘आर्थिक समृद्धिको संवाहक ऊर्जा’ भन्ने नाराका दिइएको याे प्रदर्शनीकाे नवौं संस्करण हो ।

विद्युत तथा विद्युतीय सामग्रीको व्यवसाय विकास गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको महासङ्घले जनाएको छ । प्रदर्शनीमा विद्युतीय व्यापारसँग सम्बन्धित ७७ अाेटा स्टल राखिएका छन् । प्रदर्शनी हलभित्र ५१ र बाहिर २६ स्टल रहने गरी प्रदर्शन स्थलको व्यवस्थापन गरिएको छ ।

प्रदर्शनीमा स्वदेशी एवम् विदेशी कम्पनीका विद्युतीय सामग्री तथा उपकरण राखिने आयोजकले जनाएको छ । स्वदेशी तथा बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेका प्रसारण तथा वितरण सामग्री, केबुल एवम् कन्डक्टर, लाइटिङ र बहुसञ्चार उपकरणसहित विविध विद्युतीय उपकरण प्रदर्शन गरिएका छन् ।

वैकल्पिक ऊर्जा प्रविधिसम्बन्धी स्टल पनि राखिनेछ । प्रदर्शनी हल प्रवेशका लागि विद्यार्थीलाई ५० र सर्वसाधारणलाई १ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । प्रदर्शनीमा आउने उपभोक्ताले विद्युतीय उपकरणका बारेमा जानकारी पाउनेछन् ।

विद्युतीय उपकरण खरिद गर्ने ग्राहकको हकमा छुट्टै बिक्री स्टल राखिएका छन् । प्रदर्शनीलाई थप सूचना तथा जानकारीमूलक बनाउन विविध विषयमा कार्यशाला गोष्ठीको आयोजना गरिनेछ । प्रदर्शनी १ लाखले अवलोकन गर्ने आयोजकको दाबी छ ।