प्रोटेक्ट योर डिजिटल लाइफ स्लोगनसहित विगत ३० वर्षदेखि विश्व प्रख्यात म्याकक्याफे एन्टिभाइरस तथा इन्टरनेट सेक्युरिटी प्रडक्टहरु परिमार्जित र अपडेटेड भर्सनमा एलिन इन्फोटेकले नेपाली बजारमा उपलब्ध गराएको हो ।
म्याकक्याफे इन्टरनेट सेक्युरिटी नयाँ विशेषतासहित नेपाली बजारमा आएको छ । प्रोटेक्ट योर डिजिटल लाइफ स्लोगनसहित विगत ३० वर्षदेखि विश्व प्रख्यात म्याकक्याफे एन्टिभाइरस तथा इन्टरनेट सेक्युरिटी प्रडक्टहरु परिमार्जित र अपडेटेड भर्सनमा एलिन इन्फोटेकले नेपाली बजारमा उपलब्ध गराएको हो ।
विश्वमा चार सय ५० मिलियन मानिसले म्याकक्याफे प्रडक्ट प्रयोग गरिरहेका छन् ।नेपालमा पनि लाखौं सङ्ख्यामा यसको प्रयोगकर्ता छन् । विश्वमा नै उत्कृष्ट सेक्युरिटी प्रडक्टमा सूचीकृत यो नेपालका लागि पनि विश्वासिलो हुने कम्पनीको दाबी छ ।
दैनिक जीवनशैलीमा प्रयोग गर्ने डिजिटल डिभाइसहरुबाट यसले सुरक्षित राख्ने कम्पनीको दाबी छ । लाइभ केयर फ्री विथ म्याकक्याफे योजनाअन्तर्गत एन्टी स्पाम, वेब एड्भाइजर, प्यारेन्टलकन्ट्रोल, पासवर्ड, म्यानेजर, फाइल लक तथा एन्टिभाइरसका विशेषता छन् । यसमा नेक्ष्ट जेन एभी विथ रियल प्रोटेक्टको सुविधा छ ।
त्यसैगरी ग्लोबल थ्रेट इन्टेलिजेन्सले कुनै रिस्क नोटिफाई गर्दछ । यसको २४सै घण्टा अनलाइन सपोर्ट उपलब्ध छ ।