अथोराइज अप्रेटरका रुपमा सूचीकृत हुन २०७५ साउन २५ गते यातायात विभागले ३५ दिने सूचना प्रकाशित गरेको थियो । तर यसमा कुनै पनि कम्पनी सहभागी हुन नआएको विभागको भनाइ छ ।
काठमाडौं : यातायात व्यवस्था विभागले जनकपुर– अयोध्या बस सञ्चालनका लागि आधिकारिक सञ्चालकको पुनः माग गरेको छ । नेपाल र भारतबीच २५ नोभेम्बर २०१४ मा क्रसबोर्डर बस सञ्चालन गर्न नेपाल भारत मोटर भेहिकल एग्रिमेन्ट भएको थियो ।
अथोराइज अप्रेटरका रुपमा सूचीकृत हुन २०७५ साउन २५ गते यातायात विभागले ३५ दिने सूचना प्रकाशित गरेको थियो । तर यसमा कुनै पनि कम्पनी सहभागी हुन नआएको विभागको भनाइ छ ।
जसकारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट स्वीकृत मार्ग रुटमा सवारीसाधन सञ्चालन गर्नका लागि यातायात व्यवस्था विभाग वा अन्तर्गतका कार्यालयहरुमा सेवा पञ्जीकृत भएका इच्छुक कम्पनीहरुबाट ३५ दिनभित्र यातायात व्यवस्था विभागमा छुट्टाछुट्टै रुपमा सञ्चालक माग गरिएको छ ।
जनकपुर जलेश्वर भिट्टामोड सुरसण्ड सीतामढी मुजफ्फरपुर पिपराकोठी गोपालगञ्ज सेलेमगढ गोरखपूर अयोध्या रुटमा बस सञ्चालनका लागि कुनै पनि कम्पनीको निवेदन नपरेकाले पुनः विभागले ३५ दिने सूचना प्रकाशित गरेको हो ।
साथै सूचीकृत आथोराइज्ड अपरेटरले मात्र तोकिएको रुटमा स्वच्छ प्रतिस्पर्धात्मक तवरले यातायात सञ्चालन गर्न पाउने व्यहोरासमेत यातायात विभागले बताएको छ ।