पाँच अर्ब लागतमा खुल्यो छायाँ सेन्टर, मार्चदेखि पाँचतारे होटल र क्यासिनो

नेपालको सबैभन्दा ठूलो सपिङ सेन्टरका रुपमा रहेको सो सेन्टर १५ तलाको छ । हाल तीन ओटा मल्टिप्लेक्स थिएटरका साथै विभिन्न सामग्रीका पसल, एयरलाइन्स, ट्राभल एजेन्सी, ब्याङ्क्वेट हल, सेमिनार कक्ष, रिसेप्सन हल, रेष्टुरेन्ट तथा क्लबलगायत सुविधा उपलब्ध छन् । यस्तै बैङ्कका शाखा, कर्पोरेट कम्पनीका कार्यालयहरु पनि सेन्टरमा रहने जनाइएको छ ।

काठमाडौं : काठमाडौंको पर्यटकीय केन्द्र ठमेलमा पाँच अर्ब लगानीमा छायाँ सेन्टर खुलेको छ । छायाँ सेन्टरमा सुविधासम्पन्न सपिङ कम्प्लेक्स सञ्चालन भएको छ ।

सो सेन्टरमा आगामी मार्चदेखि पाँचतारे होटल ‘अलफ्ट’ तथा क्यासिनो सञ्चालनमा आउने भएका छन् । यो होटल म्यारिएटको ‘अलफ्ट ब्रान्ड’का नाममा सञ्चालन हुन लागेको हो । पाँचौदेखि १५औं तलासम्म रहने सो होटलको अहिले इन्टेरियर डिजाइनको काम भइरहेको छ ।


नेपालको सबैभन्दा ठूलो सपिङ सेन्टरका रुपमा रहेको सो सेन्टर १५ तलाको छ । हाल तीन ओटा मल्टिप्लेक्स थिएटरका साथै विभिन्न सामग्रीका पसल, एयरलाइन्स, ट्राभल एजेन्सी, ब्याङ्क्वेट हल, सेमिनार कक्ष, रिसेप्सन हल, रेष्टुरेन्ट तथा क्लबलगायत सुविधा उपलब्ध छन् । यस्तै बैङ्कका शाखा, कर्पोरेट कम्पनीका कार्यालयहरु पनि सेन्टरमा रहने जनाइएको छ ।

छाँया सेन्टरका अध्यक्ष पृथ्वीबहादुर पाँडेले पर्यटनको अथाह सम्भावना रहेको नेपालमा होटलसहितको नमुना सपिङ कम्प्लेक्स सञ्चालन गर्न लागिएको बताए । ठमेल बजारमा पाइने सबै सुविधा उपलब्ध रहेको कम्प्लेक्सले ठमेलको पर्यटनलाई मात्र नभई समग्र नेपालको पर्यटन क्षेत्रको स्तरबृद्धि गर्न सहयोग पु¥याउने उनको विश्वास छ ।

सञ्चालक सुमन पाण्डेले छायाँ सेन्टर पाँच अर्बभन्दा बढी लगानीमा निर्माण भएको बताए । भूकम्पका कारण निर्माण अवधि लम्बिएसँगै लागत बढेको उनको भनाइ छ । १५ रोपनी क्षेत्रफलमा फैलिएको सो सेन्टरमा तीन सयभन्दा बढी सवारी पार्क गर्न मिल्ने अन्डरग्राउन्ड बेसमेन्टमा पार्किङस्थल निर्माण गरिएको छ । सो सेन्टर सन् २०१३ बाट निर्माण सुरु गरिएको थियो । नेपाल इन्भेष्टेमन्ट बैङ्कका अध्यक्ष पाँडेको नेतृत्वमा बैङ्किङ, निर्माण, जलविद्युत्, व्यापार, उद्योग, पर्यटनलगायत विभिन्न क्षेत्रका व्यवसायीहरुको सहभागितामा छायाँ सेन्टर सञ्चालनमा आएको हो ।