पिक एन्ड ड्रप सिस्टमलाई असफल बनाउन यातायात व्यवसायी आन्दोलित

अहिले माइक्रो तथा बस चालक सबै सडकमा उत्रिएका छन् । केही हप्तअघि महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले काठमाडौंको जाम हटाउन यो अभियान सुरु गर्न महानगरीय ट्राफिक प्रहरीलाई निर्देशन दिएका थिए ।

काठमाडौं । बस स्टपमा समेत सवारीसाधन रोक्न नदिएको भन्दै यातायात व्यवसायी आन्दोलित भएका छन् । काठमाडौं महानगरपालिकाले लागू गरेको पिक एन्ड ड्रप अभियानको अवज्ञा गर्दै व्यवसायी भुकुटीमण्डप सुन्धारा वरपर अन्दोलित बन्दा झडप समेत भएको छ ।

अहिले माइक्रो तथा बस चालक सबै सडकमा उत्रिएका छन् । केही हप्तअघि महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले काठमाडौंको जाम हटाउन यो अभियान सुरु गर्न महानगरीय ट्राफिक प्रहरीलाई निर्देशन दिएका थिए ।

११ ओटा रुटमा लगाइएको उक्त नियम अहिले सबे यातायात व्यवसायीका लागि अभिशाप बनेको भन्दै अन्दोलित भएका हुन् । विशेषगरी सुन्धारा, रत्नपार्क, जमल, भुकृटीमण्डपलाई मध्यनजर राख्दै यो कार्यक्रम अघि सारिएको थियो । तर पनि सडक तथा जामको अवस्था उस्तै छ ।