काठमाडौं मा टुडिखेल वरपर सवारी रोक्न नदिएको भन्दै प्रहरी र चालकबीच झडपसमेत भयो । केही चालक घाइतेसमेत भए । पिक एन्ड ड्रप अभियान भनी टाँसिएका होर्डिङ बोर्डसमेत सर्वसाधारण र चालकले तोडफोड गरिदिए ।
काठमाडाैं । कमलपोखरीबाट गोङ्गबुको बस खोज्दै कविता बस्नेत जमल पुगिन् । जमलबाट बस चढ्न नपाएपछि उनी हैरान देखिन्थिन् । बस्नेत ट्राफिकले बस रोक्न नदिएपछि बल्लतल्ल सोह्रखुट्टे पुगेर बस चढेको उनको अनुभव छ । बस्नेत मात्र होइन, टुँडिखेल वरपर नियमित गाडी रोक्न दिने ठाउँमा समेत ट्राफिक प्रहरीले बस रोक्न नदिएपछि यात्रुहरु अलमल मात्र होइन, तनावमा पर्ने गरेका छन् ।
कविता त राजधानीमा सार्वजनिक सवारी प्रयोग गर्ने एक प्रतिनिधि पात्र मात्र हुन् । लाखांै सर्वसाधारणले अहिले सास्ती खेपिरहेका छन् । हजारौँ मानिस गाडी नपाएर लामो बाटो पनि हिँडेरै गन्तव्यमा पुग्न बाध्य छन् ।
काठमाडौं महानगरापालिकाले ल्याएको उक्त नयाँ नियमले यात्रु मात्र होइन, चालकलाई पनि समस्यामा पारेको छ । उनीहरु पनि यात्रुको भनाइ तथा व्यवहारबाट वाक्क भएका छन् । भृकुटीमण्डप–जावलाखेल रुटका एक चालक भन्छन्, ‘यो नियमले यात्रुबाट अवहेलित हुनुपरेको छ । एक ठाउँ रोक्नुपर्ने ट्राफिकले रोक्न नदिए पनि निकै पर यात्रु झार्नुपर्छ । यात्रु भने चालकलाई नै अभद्र व्यवहार गर्छन्,’ उनले भने ।
काठमाडांैमा टँुडिखेल वरपर सवारी रोक्न नदिएको भन्दै प्रहरी र चालकबीच झडपसमेत भयो । केही चालक घाइतेसमेत भए । पिक एन्ड ड्रप अभियान भनी टाँसिएका होर्डिङ बोर्डसमेत सर्वसाधारण र चालकले तोडफोड गरिदिए ।
बुधबार मात्र नयाँ बसपार्कबाट यात्रु बोकेर आउँदै गरेको बसका चालकलाई भनेको ठाउँमा नरोकेको भन्दै कुटपिट मात्र होइन, बस तोडफोडसमेत गरिदिए । राजधानीमा यो नियमको चौतर्फी विरोध भइरहेको छ । तर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य भने यस विषयमा मौन छन् । सबै क्षेत्रबाट आउने बस टँुडिखेल वरपर जसरी पनि रोक्नैपर्छ । तर ट्राफिक प्रहरीले सुन्धारा र प्रदर्शनीमार्गअघि त्यो पनि एक मिनेट रोक्न नदिएको चालकहरूको गुनासो छ ।
महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीले यस विषयमा आफूहरुले अध्ययन गरिरहेको बताइन् । ‘सर्वसाधारणकै लागि यो नियम लागू गरेका थियौं,’ उनले भनिन्, ‘सर्वसाधारणलाई परेको समस्या समाधान पनि खोजिरहेका छौं ।’
यात्रुलाई सहज बनाउनुपर्नेमा उल्टै हैरानी मात्र दिएको यात्रुको गुनासो छ । आफू सधंैजसो चढ्ने ओर्लिने गरेको स्थानबाट पनि सेवा नपाएकोमा यात्रु मात्र होइन, चालक पनि हैरानीमै देखिन्छन् । ‘नयाँ नियम लागेपछि अहिले आम्दानी पनि घटेको छ,’ एक चालकले भने ।