नयाँ सुजुकी हायाबुसामा अपडेटेड ग्राफिक्स र दुई साइड रिफ्लेक्टर्स दिइएको छ । यसमा १३ सय ४० सीसी इनलाइन, चार सिलिन्डर इन्जिन दिइएको छ ।
काठमाडाैं । सुजुकीको पावरपुल बाइक सार्वजनिक भएको छ । भारतीय बजारमा सुजुकी मोटरसाइकलले पावरफुल स्पोर्टस् बाइक हायाबुसा नयाँ मोडल सार्वजनिक गरेको हो । भारतीय बजारमा यसकाे मूल्य भारू १४ लाख तोकिएको छ । कम्पनीले यो बाइकलाई कालो र ग्रे कलरमा ल्याएकाे छ ।
नयाँ सुजुकी हायाबुसामा अपडेटेड ग्राफिक्स र दुई साइड रिफ्लेक्टर्स दिइएको छ । यसमा १३ सय ४० सीसी इनलाइन, चार सिलिन्डर इन्जिन दिइएको छ ।
यस इन्जिनले ९ हजार पाँच सय आरपीएममा एक सय ९७ बीएचपीको पावर र सात हजार दुई सय आरपीएममा एक सय ५५ एनएम पिक टर्क जेनेरेट गर्छ । यो बाइकको टप स्पिड ३३ किलोमिटर प्रतिघण्टा छ । माइलेज भने ११ किलोमिटर प्रति लिटर छ ।
यो बाइक नेपाली बजारमा आइपुग्दा यसको मूल्य ६० देखि ७० लाख पर्ने अनुमान गरिएको छ ।