मन्त्रिपरिषद्को बैठकले बिहीबार ३ सय ओटा विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । काठमाडौं उपत्यकाको प्रदूषण र जाम घटाउन विद्युतीय बस किन्न लागिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बासकोटाको भनाइ छ ।
सरकारले तीन सय ओटा विद्युतिय बस खरिद गर्ने भएको छ । आज बिहीबार सूचना तथा सञ्चारमन्त्रालयमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री बास्कोटाले बस किन्ने जनकारी दिएका हुन् ।
मन्त्रिपरिषद्को बैठकले बिहीबार ३ सय ओटा विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । काठमाडौं उपत्यकाको प्रदूषण र जाम घटाउन विद्युतीय बस किन्न लागिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बासकोटाको भनाइ छ ।
यस्तै यातायात क्षेत्रका समस्या समाधान गर्न अधिकारसम्पन्न र स्वायत्त यातायात प्राधिकरण गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।