नयाँ विद्युतीय बस नसाटेसम्म बीवाईडीलाई भुक्तानी नदिइने

केही दिनअघि संस्कृति, पर्यटन तथा नगरिक उड्ययन मन्त्रालयले बीवाईडी कम्पनीलाई पत्र पठाउँदै सम्झौताअनुसारका गाडी नेपाल नआएको भन्दै पत्र पठाएको थियो । तर बिवाईडी कम्पनीले सम्झौताभन्दा उच्च गुणस्तरका विद्युतीय बस उपलब्ध गराएको भन्दै आएको थियो ।

बीवाईडीले नयाँ गाडी नसाटेसम्म सरकारले पाँच ओटा विद्युतीय बसको भुक्तानी नदिने भएको छ । यसअघि आएका पाँचओटा विद्युतीय बसमा प्राविधिक समस्या देखाउँदै सरकारले त्यसको सट्टामा नयाँ बस नदिएसम्म भुक्तानी नदिने घोषणा गरेको हो ।

केही दिनअघि संस्कृति, पर्यटन तथा नगरिक उड्ययन मन्त्रालयले बीवाईडी कम्पनीलाई पत्र पठाउँदै सम्झौताअनुसारका गाडी नेपाल नआएको भन्दै पत्र पठाएको थियो । तर बिवाईडी कम्पनीले सम्झौताभन्दा उच्च गुणस्तरका विद्युतीय बस उपलब्ध गराएको भन्दै आएको थियो ।

पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले नयाँ बस नल्याएसम्म चिनियाँ बस कम्पनी बीवाईडीलाई भुक्तानी नगर्ने बताएका हुन् । उनका अनुसार अब सम्झौता बमोजिमका गाडी नल्याएसम्म कुनै पनि रकम कम्पनीले पाउने छैन ।

एडीबीको सहयोगमा लुम्बिनी विकास कोषले भित्र्याएका बसमा सम्झौताअनुसारका स्पेसिफिकेसन, गुणस्तर तथा फिचर नभएको भन्दै केही दिनअघि पर्यटन मन्त्रालयले बस फिर्ता लग्न अथवा साट्न निर्देशन दिएको थियो ।

अहिलेको खरिद ऐन तथा सम्झौता अध्ययनका लागि इलेक्ट्रिकल इन्जिनियरसहित पाँच जनाको छानबिन कमिटीले प्रारम्भिक प्रतिवेदनमा १७ ओटा ठूला त्रुटि देखाएको थियो । सोही बमोजिम स्पेसिफिकेसन र फिचर हुनुपर्ने सम्झौता भएको हो, ती कुरामा डिफिसेन्सी भेटिएको पर्यटन मन्त्रालयका एक अधिकारीको भनाइ छ ।

डिसेम्बर ८ मा यो त्रुटिको पत्र सम्बन्धित बीवाईडी कम्पनीलाई पठाइएको थियो । चिनियाँ कम्पनीको जवाफ प्राप्त भएपछि पनि टेक्निकल टिमले जवाफको अध्ययन गरी अन्तमा सम्झौताअनुसारको गुणस्तरका नभएकाले ती विद्युतीय बस स्वीकार नगरिएको पत्रमा उल्लेख छ ।