साना तथा मझौला व्यवसायी महासङ्घमा शाक्य

साना तथा मझौला व्यवसायी महासङ्घको अध्यक्षमा गुह्यरत्न शाक्य निर्विरोध भएका छन् । महासङ्घको चौथो अधिवेशन तथा १३औँ वार्षिक साधारणसभाले शाक्यको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

महासङ्घले देशभरका ५० जिल्लाका प्रतिनिधि तथा वस्तुगत, एसोसिएट र अन्य क्षेत्रका प्रतिनिधिको सहभागितामा भएको सभाले कार्यसमितिको पदेन अध्यक्षमा निवर्तमान अध्यक्ष जङ्गबहादुर श्रेष्ठ, सहअध्यक्षमा गणेशबहादुर सुवेदी, वरिष्ठ उपाध्यक्षमा गिरिराज गौतम, प्रथम उपाध्यक्षमा सरोज श्रेष्ठ र चन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा बलराम भण्डारी, मदन महर्जन र हीराबहादुर प्रधान, तृतीय उपाध्यक्षमा नरेशप्रसाद सिंह, शैलेन्द्रमोहन झा र चतुर्थ उपाध्यक्षमा मोहिनी विलास लुइँटेल निर्वाचित भएका छन् ।

त्यस्तै महिला उपाध्यक्षमा यमुनादेवी श्रेष्ठ र विष्णु घर्तीमगर निर्वाचित भएका छन् भने वस्तुगत सङ्घमध्येबाट उपाध्यक्षमा माधव केसी, एसोसिएट सदस्यमध्येबाट उपाध्यक्षमा विजु शाक्य, महासचिवमा सुमन सुवाल, कोषाध्यक्षमा धर्मानन्द श्रेष्ठ, सचिवमा विश्वराम दुवाल, सहकोषाध्यक्षमा यज्ञबहादुर थापा निर्वाचित भएको महासङ्घले जनाएको छ ।

शाखा/जिल्ला सङघबाट केन्द्रीय सदस्यमा केदारकुमार कटुवाल, सलिना लामा, सुवास महर्जन, कृष्णप्रसाद शर्मा, शर्मिला कार्की, रेखबहादुर अधिकारी, छेटुप तामाङ र कोमलप्रसाद उपाध्याय निर्वाचित भएका छन् ।