उखुकाे औसत मूल्य ३ सय १७, सरकारले तोकेको छ प्रतिक्विन्टल ४६५

उखु उत्पादन हुने मुख्य जिल्ला मोरङ, सुनसरी, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, नवलपरासी, कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया, कैलाली र कञ्चपुर हुन् । यहाँ उखुको व्यावसायिक खेती नै हुने गरेको छ ।

काठमाडौं : सरकारले तोकेको उखुको समर्थन मूल्य र विभिन्न जिल्लाका किसानले तोकेको औसत उत्पादन लागत दुई थरी पाइएको छ । सरकारले अनुदानबाहेक गत आवमा प्रतिक्विन्टल उखुको समर्थन मूल्य ४ सय ६५ रुपैयाँ तोकेको थियो । तर, किसानकाे प्रतिक्विन्टल अाैसत उत्पादन लागत भने ३ सय १७ रुपैयाँ रहेकाे एक अध्ययनले देखाएकाे छ ।

सबैभन्दा बढी उखु उत्पादन हुने जिल्ला हो– सर्लाही । यहाँँ उखुको औसन लागत मूल्य ३ सय २७ रुपैयाँ छ । यहाँ २२ हजार ६ सय ३१ हेक्टर क्षेत्रफलमा उखु उत्पादन हुन्छ । नेपालमा ४२ करोड ८ लाख ४ हजार क्विन्टल उखु उत्पादन हुन्छ । उखु उत्पादन हुने मुख्य जिल्ला मोरङ, सुनसरी, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, नवलपरासी, कपिलवस्तु, रुपन्देही, बाँके, बर्दिया, कैलाली र कञ्चपुर हुन् । यहाँ उखुको व्यावसायिक खेती नै हुने गरेको छ ।

उद्याेग मन्त्रालय, चिनी उत्पादक सङ्घ र किसानकाे सहभागितामा गरिएकाे अध्ययनमा प्रतिक्विन्टल उखुकाे अाैसत मूल्य ३ सय १७ रूपैयाँ पाइएकाे हाे । उखु उत्पादन हुने  जिल्लामा यस्ताे अध्ययन गरिएकाे हाे । ३ सय १७ रूपैयाँकाे लागतमा उखु उत्पादन भए पनि सरकारले प्रतिक्विन्टल ४ सय ६५ रूपैयाँ मूल्य ताेकेकाे छ । कृषि विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार अाैसत मूल्यमा २० प्रतिशत जाेडेर उखुकाे मूल्य निर्धारणा हुने बताए ।

सरकारले यस वर्ष उखुको उत्पादन लागत निर्धारण नगरिदिँदा बारीमा उखु सुक्ने अवस्था अाइसकेकाे छ । सरकारले अाैसत लागतमा २० प्रतिशत मूल्य थपेर तत्काल उखुकाे नयाँ मूल्य निर्धारण गर्न चिनी उत्पादक सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले अाग्रह गरे ।