घरेलु बजारमा निसान न्यू टेरानोको भव्य इन्ट्री

कारमा एक वर्ष वा २० हजार किलोमिटरको वारेन्टी रहे पनि नेपालको बिक्रेताले २ वर्ष अथवा २० हजार किलोमिटरको वारेन्टी उपलब्ध गराएको जानकाी दिएको छ । कम्पनीले बिक्रीपछिको सेवाका लागि ललितपुरको खुमलटारमा अत्याधुनिक सुविधासहितको सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

जब सारडा गु्रपका अध्यक्ष शिवरतन सारडाले कभर भएको कारतर्फ रिमोट थिचे, रेजरहरुको कभरमै कारको आकृति बन्यो । व्याकग्राउण्डको एनिमेशन मोडमा कार हुईँकिदासम्म कार सार्वजनिक भएको थिएन । करिब १५ मिनेटको कौतुहलतापछि सोल्टी होटलको मेघा मल्हर हलमा आइतवार साँझ निशानको न्यू टेरानो सार्वजनिक भयो हल तालीले गुन्जियो ।

दुगड गु्रपअन्तर्गत रहेको निशान कारको आधिकारिक बिक्रेता हालै सारडा गु्रपअन्तर्गतको पायोनियर मोटोकर्पले लिएपछि कम्पनीले भव्य रुपमा निशान न्यू टेरानोलाई नेपाली बजारमा उतारेको हो ।

विश्वबजारमा समेत लोकप्रिय रहेको न्यू टेरानो कम्प्याक्ट एसयूभी कार हो । कारमा २२ वटा नयाँ आकर्षक विशेषताहरु रहेका छन् । कारमा न्यू प्रिमियम डुअल टोन इन्टेरियर, क्रुज कन्ट्रोल, ७.० टच स्क्रिन नेभिगेसन सिस्टम, स्टिरेङ्गि माउण्टेड अडियो÷फोन कन्ट्रोलका विशेषता रहेका छन् ।

त्यसैगरि वान टच लेन चेन्ज इन्डिकेटर, एन्टि पिच ड्राइभर साइड विन्डो र न्यू स्टेरिङ्ग ह्विल डिजाइन सहितका २२ नयाँ विशेषताहरु रहेका छन् । न्यू टेरानोमा ६ स्पिड अत्याधुनिक अटो ड्राइभिमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । कारमा २०५ मि.मि. को ग्राउण्ड क्लिरेन्स, सानो ठाउँमा पनि मोड्न सकिने ५.२ मि.को टर्निङ राउण्ड पनि रहेको छ । कारले प्रतिलिटर १९.६४ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । सुरक्षाको लागि डुअल फ्रन्ट एयरव्याग, हिल एस्र्टाट एसिस्ट एविएस, इविडि, विए र इएसपिको साथमा कार उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कार सार्वजनिक कार्यक्रममा सारडा गु्रपका निर्देशक सन्दिप सारडाले विश्वविख्यात कार नेपाली बजारमा उतार्न पाउँदा आफुहरु खुशी रहेको बताए । ‘कारमा रहेका स्मार्ट विशेषताले नेपाली कार पारखीहरुलाई आकर्षण गर्ने कुरामा कम्पनी विश्वस्त रहेको छ,’ उनले भने ।

कारमा एक बर्ष वा २० हजार किलोमिटरको वारेन्टी रहेपनि नेपालको बिक्रेताले २ बर्ष अथवा २० हजार किलोमिटरको वारेन्टी उपलब्ध गराएको जनाएको छ । कम्पनीले बिक्रीपछिको सेवाका लागि ललितपुरको खुमलटारमा अत्याधुनिक सुविधासहितको सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले उपत्यकाबाहिर १२ वटा थ्रिएस सेवा उपलब्ध गराउने जनाएको छ ।

गु्रपका अर्का निर्देशक गौरव सारडाले नेपालको सडक सुहाउँदो कार भएकाले कार पारखीलाई न्यू टेरानो विकल्प हुने बताए । ‘सहर र सहरबाहिरका अप्ठ्यारो बाटोमा कार उपयुक्त छ,’ उनले भने ।

२ भेरियन्ट्समा उपलब्ध कारको एक्सएलपीको ४२ लाख ९९ हजार र एक्सभिडी प्रि ११० पीएसको ५३ लाख ९९ हजार मूल्य रहेको कम्पनीले जनाएको छ ।