जलविद्युत, लघुवित्त र मर्चेन्ट बैंकर र फन्डले गरी ४ अर्ब ९० करोड ९० लाख रुपैयाँबराबरको ४ करोड ९० लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्नेछन् ।
काठमाडौं : विभिन्न २५ कम्पनीहरुले ५ अर्ब रुपैयाँबराबरको ५ करोड कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । जलविद्युत, लघुवित्त र मर्चेन्ट बैंकर र फन्डले गरी ४ अर्ब ९० करोड ९० लाख रुपैयाँबराबरको ४ करोड ९० लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्नेछन् ।
आईपीओ निष्कासन गर्न ती कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । जसमध्ये ३ कम्पनीले १ अर्ब ३० करोड ६३ लाख रुपैयाँबराबरको १ करोड ३० लाख ६३ हजार कित्ता आईपीओ निष्कासको अनुमति पाएका छन् ।
जसमध्ये युनिभर्सल पावर कम्पनी लिमिटेड, शुभश्री हाइड्रोपावर लिमिटेड र पाँचथर पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् ।
आईपीओ निष्कासन गर्न धितोपत्र पुग्नेमा अधिकांश जलविद्युत कम्पनी छन् । ७ जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि तथा १० कम्पनीले सर्वसाधारमा आईपीओ निष्कासन गर्दैछन्।
शिवश्री, युनिभर्सल र पाँचथरले भने आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ निष्कासनको सूचना सार्वजनिक गरिसकेका छन् । शिवश्रीले १ अर्ब २५ करोड ४९ लाख ४० हजार र पाँचथरले ९६ करोड २५ लाख रुपैयाँ गरी २ अर्ब २१ करोड ७४ लाख ४० हजार रुपैयाँको आइपीओ निष्कासनको अनुमति पाएका छन् । यस्तै युनिभर्सलले ९६ करोड ६१ लाख ६१ हजार रुपैयाँको आईपीओ निष्कासन गर्न अनुमाति पाएको छ ।
बोर्डमा आइपीओ निष्कासनको अनुमति माग्दै १५ जलविद्युत कम्पनी, ६ लघुवित्त कम्पनी तथा लगानी क्षेत्र र मर्चेन्ट बैङकर कम्पनी रहेका छन् । बोर्डमा आवेदन दिएका अन्य जलविद्युत कम्पनीमा सान्जेल जलविद्युत कम्पनी लिमिटेडले ५४ करोड ७५ लाख रुपैयाँबराबरको ५४ लाख ७५ हजार कित्ता, जनसेवी लघुवित्त वित्तीय संस्थाले ४ लाख २० हजार कित्ता, स्वाभिमान माइक्रोफाइनान्सले १ लाख ८० हजार कित्ता र गुराँस लघुवित्तले २५ लाख कित्ता सेयर निष्कासन गर्ने क्रममा छन् ।
त्यसैगरी, स्पर्श लघुवित्त वित्तीय संस्थाले २ लाख ६९ हजार ६ सय ३० कित्ता, रसुवागढी हाइड्रोपावर कम्पनीको १ करोड २ लाख ६३ हजार १५० कित्ता, गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ३ लाख ३५ हजार कित्ता आइपीओ निष्कासनको तयारी गरिरहेका छन् । उनीहरुले बोर्डको अनुमति आएपछि आइपीओ निकासन गर्नेछन् ।
यस्तै, सिइडिबी हाइड्रो फन्डले २२ लाख ८९ हजार ३०० कित्ता, शुभम् पावरले ५ लाख ८० हजार ५८० कित्ता, रुरु जलविद्युत् परियोजनाले ४ लाख ७ हजार ७०५ कित्ता, भैरवकुण्ड हाइड्रोपावरले ३१ लाख ८३ हजार २८० कित्ता र हिमालयन उmर्जा विकास कम्पनीको १४ लाख ८५ हजार कित्ता साधारण सेयरको अनुमति मागेका छन् ।
सीबीआईएल क्यापिटलको ३ लाख कित्ता, मैलुङखोला जलविद्युत् कम्पनीको ७ लाख ३६ हजार २८६ कित्ता, ग्रीनलाइफ हाइइड्रोपावरको १८ लाख कित्ता आइपीओ निकाष्सनको अन्तिम चरणमा पुगेका छन् ।
गर्जाङ उपत्यका हाइइड्रोपावरको २ लाख कित्ता, लाफिङ बुद्ध पावर नेपालको ९ लाख ७८ हजार कित्ता र युनिक हाइडेल कम्पनीको ५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन लागि पाइपलाइनमा रहेका छन् । बोर्डको अनुमति पाउनासाथ कम्पनीहरु धमाधम आइपीओ निष्कासनको तयारीमा लाग्नेछन् ।
त्यस्तै सयपत्री हाइड्रोपावरले ३ लाख कित्ता, माउन्टेन हाइड्रो नेपालले १८ लाख १६ लाख ११ हजार कित्ता, युनियन हाइडेल कम्पनीले ३५ लाख ३४ हजार ३४० कित्ता, आशा लघुवित्त वित्तीयले ६ लाख ७४ हजार कित्ता आईपीओ पाइप लाइनमा छन् ।