नेपाली बजारमा २०१९ लाई लक्ष्य गरी सात पावरफुल बाइक भित्रिने भएका छन् । यस वर्ष बजारमा होन्डा सीबीआर ६५० आर, कावासाकी सिक्स एक्स जेट आर, डुकाटी हम्परमोट्र्ड ९५०, केटिएम सात ९० ड्यूक, होन्डा सीबी १००० प्लस आर, होन्डा सीबी आर १००० आरआर फाएरव्ल्ड र बीएमडब्लु एस १००० आर आर भित्रिने सम्भावना छ ।
काठमाडाैं : नेपाली बजारमा २०१९ लाई लक्ष्य गरी सात पावरफुल बाइक भित्रिने भएका छन् । यस वर्ष बजारमा होन्डा सीबीआर ६५० आर, कावासाकी सिक्स एक्स जेट आर, डुकाटी हम्परमोट्र्ड ९५०, केटिएम सात ९० ड्यूक, होन्डा सीबी १००० प्लस आर, होन्डा सीबी आर १००० आरआर फाएरव्ल्ड र बीएमडब्ल्यू एस १००० आर आर भित्रिने सम्भावना छ ।
यसै वर्ष यी बाइक भारतमा लन्च हुने छन् । भारतमा सार्वजनिक भएको केही महिनाभित्र नेपालमा पनि प्रवेश पाउने छन् । २०१९मा भित्रिने पावरफुल बाइकको फिचर तथा मूल्य यसप्रकार छन् ।
बीएमडब्ल्यू एस १००० आर आर
बजारमा बिएमडब्ल्यू एस १००० आरआर भित्रने भएको छ । नयाँ टेक्नोलोजी तथा पावरफुल फिचरका साथ बजारमा यो बाइकले प्रवेश पाउने भएको छ । ९९९ सीसीको इन्जिन दिइएको यो बाइकमा दुई सय सात बीपीएचका साथ १३ हजार पाचँ सय बीपीएच र एक सय १३ एनएम पावरमा ११ हजार टर्क जेनेरेट गर्छ । भारतमा यसको मूल्य १९ देखि २० लाखसम्म पर्न आउँछ ।
होन्डा सीबीआर १००० आर आर फाएरब्लेड
होन्डा सीबीआर १००० आर आर फाएरब्लेड पनि प्रवेश पाउने भएको छ । हजार सीसीका इन्जिन क्षमता भएको यो बाइकमा कम्पनीले एक सय ९० बिएचपी पावरमा १३ हजार आरपीएम र एक सय १४ एनएममा ११ हजार आरपीएम पिक टर्क जेनेरेट गर्ने छ ।
झ्ट्ट हेर्दा डुकाटी जस्तो देखिने मोटा पराकिला पांग्रा राखिएका छन् । एबीएस प्रविधिमा आधारित भएर आउने यो बाइक फरक डिजाइमा छ । भारतीय बजारमा होन्डा सीबीआर आरआर फाएरव्लेडको मूल्य १६ लाख ४३ हजार तोकिएको छ ।
होण्डा सीबी १००० प्लस
होण्डा सीबी १००० प्लस लाइट्री क्लास पर्फमेन्स भएको बाइक हो । यसको डिजाइन स्पोर्ट्स क्याफे कन्सेप्टको छ । फोर सिलिन्डर इन्जिन रहेको यो बाइकमा एक सय ४३ बीएचपी पावरमा १० हजार आरपीएम र एक सय चार एनएम पिकमा आठ हजार दुई सय आरपीएम टर्क जेनेरेट गर्छ । यो बाइकको मूल्य भारतीय बजारमा १४ लाख ४६ हजार जति पर्न आउँछ ।
केटीएम ७९० ड्यूक
केटीएम ७९० ड्यूक २०१९ मा युवावर्गकाे रोजाइमा पर्ने छ ।
ह्यापरमोटर्ड ९५०
कावासिकी जेट एक्स ६ आर
होन्डा सीबीआर ६५० आर