१९ अर्ब खर्चेर फोरजी विस्तारको जिम्मा चिनियाँ कम्पनी हुवावेलाई, १ वर्षभित्र सातै प्रदेशमा फोरजी

सरकारको गत सोमबार १६ गते बसेको मन्त्रिपरिषदको बैठकबाट हुवावेलाई ठेक्का दिएको हो ।

काठमाडौं : सरकारले नेपाल टेलिकमको फोरजी सेवा विस्तार गर्न चिनियाँ कम्पनी हुवावेलाई दिएको छ । सरकारको गत सोमबार १६ गते बसेको मन्त्रिपरिषदको बैठकबाट हुवावेलाई ठेक्का दिएको हो ।

चिनियाँ कम्पनी हुवावेले १९ अर्ब खर्च गरेर देशैभर एक वर्षभित्र फोरजी सेवा विस्तार गरिसक्ने जनाइएको छ ।

यसअघि टेन्डर प्रक्रियामा घोटाला हुन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल रोकेको थियो । आयोगले फाइल रोक्का फुकुवा गरेसँगै सरकारलाई ठेक्का जिम्मा लगाउने बाटो खुलेको हो ।