३ मेगावाट बिजुली भण्डारण गर्न सक्ने क्षमताको यो प्रणाली ५ लाख आईफोन चार्ज गर्न पर्याप्त हुन्छ, अथवा एक घण्टाका लागि एम्स्टर्डमका ७ हजार घरमा बिजुली आपूर्ति गर्नसक्छ ।
नयाँ तथा प्रयोग भएका विद्युतीय वाहनका ब्याट्री समावेश भएको विशाल ऊर्जा भण्डारण प्रणालीलाई अब डच फुटबल क्लब अजाक्सको घर एम्स्टर्डमको जोहान क्रुज्फ एरेनामा परिवर्तन गरिएको छ ।
३ मेगावाट बिजुली भण्डारण गर्न सक्ने क्षमताको यो प्रणाली ५ लाख आईफोन चार्ज गर्न पर्याप्त हुन्छ, अथवा एक घण्टाका लागि एम्स्टर्डमका ७ हजार घरमा बिजुली आपूर्ति गर्नसक्छ । यसका निर्माताहरुको भनाइअनुसार यो विद्युतीय सवारीको ब्याट्री प्रयोग गर्ने युरोपको सबैभन्दा ठूलो व्यावसायिक ऊर्जा भण्डारण प्रणाली हो ।
यो प्रणाली १४८ ओटा नयाँ वा प्रयोग भएका निसान एलईएएफ ब्याट्रीबराबर हुन्छ, जसले स्टेडियमको छतमा भएका ४ हजार २ सय सोलार प्यानलबाट लिइएको विद्युतीय ऊर्जाका साथै ग्रिडबाट पनि ऊर्जा स्टोर गर्दछ ।
निर्वाध प्रकाश दिनु
यसको मुख्य उद्देश्य विद्युत् कटौती भएका बेला अथवा अत्यधिक खपत हुँदा स्टेडियममा ब्याक–अप पावर दिनु हो । तर, यसका अतिरिक्त यसले टिकाऊ ऊर्जाको विश्वसनीय स्रोत प्रदान गर्नुका साथसाथै साङ्गीतिक कार्यक्रम तथा अन्य बढी ऊर्जा खपत गर्ने ठुल्ठूला कार्यक्रम हुँदा त्यहाँको राष्ट्रिय विद्युत् ग्रिडमा हुने भारको दबावबाट पनि छुटकारा दिन्छ ।
तथा रङ्गशालामा विद्युत् आपूर्तिको माग थोरै भएका बेला यसले राष्ट्रिय विद्युत् ग्रिडमा बिजुलीको योगदान गर्न सक्छ ।
‘यस क्षेत्रमा विद्युत् आपूर्ति कटौती भएका बेला पनि निकै बिजुली दिइन्छ,’ जोहान क्रुज्फ एरेनाका इनोभेटिभ निर्देशक हेन्क भ्यान रानले एउटा वक्तव्यमा भने, ‘फलस्वरुप, स्टेडियमले डच ऊर्जा ग्रिडमा स्थिर योगदान दिनेछ ।’
ब्याट्रीका लागि दोस्रो जीवन
पूर्णक्षमता प्रदर्शन गरिसकेपछि विद्युतीय सवारीका ब्याट्रीको व्यवस्थापन गर्ने समस्याबाट कार निर्माताहरु जुझिरहेका छन् ।
सडकबाट बाहिरिएको केही वर्षसम्म लिथियम–आयन ब्याट्रीले बिजुली भण्डारण गरिरहन सक्छ । र, घरेलु ऊर्जा भण्डारणका लागि विद्युतीय सवारीका ब्याट्रीलाई पुनस्र्थापित गर्ने परियोजनामा निसानसमेत कैयौं कार निर्माताहरु काम गरिरहेका छन् ।
सेकेन्ड लाइफ ब्याट्रीले ‘पूरै ऊर्जा प्रणालीलाई बढी कुशल तथा टिकाऊ बनाउन’ भूमिका निर्वाह गर्न सक्ने स्टेडियममा भएको नयाँ प्रणालीबाट प्रमाणित भएको निसानको भनाइ छ ।
वर्ल्ड इकाेनाेमिक फाेरमकाे अनलाइन संस्करणमा प्काशित रोजमन्ड हट्टकाे आलेखकाे अनाैपचारिक अनुवाद