आरामदायी अल न्यू टाटा टेगोर

नयाँ टिगोर निकै शानदार, सुविधासम्पन्न र आरामदायी छ । सुविधा र फिचर्सहरुले ग्राहकलाई थप आकर्षित गर्ने कम्पनीको विश्वास छ । नयाँ टिगोरमा क्रिस्टलबाट प्रभावित एलईडी ल्याम्प राखिएको छ । बाहिरी र भित्री बनावटले लोभ्याउने टिगोर पेट्रोलबाट चल्छ । यसको मूल्य न्यूनतम २७ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।

नेपाली बजारमा अल न्यू टेगोर सार्वजनिक भयो । नेपालका लागि टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ लिमिटेडले टेगोर भित्र्याएको हो । सहज ड्राइभिङका लागि यसमा हाइटएड्जस्ट गर्न मिल्ने सिटसमेत छ ।

नयाँ टिगोर निकै शानदार, सुविधासम्पन्न र आरामदायी छ । सुविधा र फिचर्सहरुले ग्राहकलाई थप आकर्षित गर्ने कम्पनीको विश्वास छ । नयाँ टिगोरमा क्रिस्टलबाट प्रभावित एलईडी ल्याम्प राखिएको छ । बाहिरी र भित्री बनावटले लोभ्याउने टिगोर पेट्रोलबाट चल्छ । यसको मूल्य न्यूनतम २७ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।

टाटा टिगोर टाटाको नयाँ उत्पादन मात्रै नभई सम्पूर्ण अटोमोबाइल उद्योगमै नयाँ आयाम भएको कम्पनीको दाबी छ । टिगोरले एकातिर चारपाङ्ग्रे बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाएको छ भने अर्काेतर्फ यसले हाम्रो उत्कृष्टताप्रतिको अटुट प्रतिबद्धता पनि प्रमाणित गरेको कम्पनीको भनाइ छ ।

टिगोरमा एक हजार एक सय ९९ सीसीको इन्जिन प्रयोग भएको छ । गाडीको म्याक्सिमम पावर ८४ बीपीएचमा ६ हजार आरपीएममा आधारित भएर चल्छ । पाँच ओटा गिएर बक्स रहेको कारको ३५ लिटर इन्धन क्षमता छ ।

टाटा टिगोरमा सर्वाेत्कृष्ट बनावट, आकर्षक भित्री बनावट, अतुलनीय आराम, नेक्स्ट जेनेरेसन एचएमआई, सर्वाेत्कृष्ट सुरक्षा तथा उत्कृष्ट कार्यक्षमता आदि विशेषता छन् । यसले पनि नेपाली ग्राहकलाई लोभ्याएको छ ।

नयाँ टिगोरमा सहज ड्राइभिङका लागि हाइट र एडजस्ट गर्न मिल्ने गरी सिटको उचाइ राखिएको छ । पछाडि पनि पर्याप्त ठाउँ छ । तापक्रम कन्ट्रोल सिस्टमले क्याबिन वरिपरि समान कुलिङ हुन्छ । उपयुक्त चौडाइ र क्लियर ओपनिङ भएको यो गाडीमा इनोभेटिभ ४ बार मेकानिज्मको प्रयोग गरी २४ इन्टेलिजेन्ट स्पेस र ४ सय १९ लिको बुट स्पेस छ ।

नेक्स्ट जेनेरेसन एचएमआई नयाँ टिगोरमा समान ध्वनि आउन सघाउने चार ओटा स्पिकर छन् । टाटा मोटर्सले यो गाडीको पहिलो प्रथामिकता नै सुरक्षालाई ध्यान दिएको छ । यसैलाई दृष्टिगत गरी नयाँ टिगोरमा कडा किसिमको स्टिल प्रयोग गरिएको छ । चालक र प्यासेन्जरको सुरक्षाका निम्ति गाडीमा डुअल एयर ब्याग, एन्टी लक ब्याकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन र कर्नर स्टाबिलिटी कन्ट्रोल प्रयोग गरिएको छ । यसले चालकलाई उत्कृष्ट कार्यक्षमता प्रदान गर्छ । नयाँ टिगोर एक्सईओ, एक्सएमओ, एक्सजेडओ र एक्सजेड प्लस गरी जम्मा चार मोडलमा उपलब्ध छ ।

कम्पनीका अनुसार नयाँ टिगोर डिसेम्बर २ देखि देशभरका २१ ओटा आउटलेटबाट बिक्रीरवितरण गरिएको छ । मारुती डिजायर, हुन्डाई एक्सेन्ट, फोर्डको एस्पायरलगायत गाडीसँग नयाँ टिगोरको प्रतिस्पर्धा हुने कम्पनीको भनाइ छ ।