सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेका अनुसार माघे सङ्क्रान्ति परेका कारण मेलामा अवलोकनकर्ता र कारोबार दुवै बढेको हो ।
पोखराको नयाँबजारमा जारी ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोबाइल मेला २०७४, पोखरा’मा सोमबार मात्रै २५ हजार जनाले मेलाको अवलोकन गरे ।
सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेका अनुसार माघे सङ्क्रान्ति परेका कारण मेलामा अवलोकनकर्ता र कारोबार दुवै बढेको हो । मेलामा करिब चार करोडको कारोबार भएको अनुमान गरिएको बताउँदै उनले घरायसी सामानको किनमेल गर्ने गृहिणीको विशेष आकर्षण देखिएको उल्लेख गरे । सङ्घका महासचिव दामु अधिकारीले मेला अगाडि बढ्दै गर्दा व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाइएको बताए । उनका अनुसार पोखरा उद्योग वाणिज्य सङ्घले मेलाको प्रवेश टिकटमा बम्पर उपहारको व्यवस्थासमेत गरेको छ ।
मेला समापनका दिन प्रवेश टिकटमध्ये एकजनालाई गोलाप्रथाद्वारा ह्युण्डाई कम्पनीको १८ लाख रुपैयाँभन्दा बढी बजार मूल्य पर्ने इवन गाडी उपहार दिइने छ । पुस २७ गतेदेखि शुरु भएको मेला आगामी माघ ८ गतेसम्म जारी रहने आयोजकले जनाएका छन् ।