राष्ट्रिय दुग्ध बिकास बोर्डले सुनसरिको इटहरीमा आयोजना गरेको असल दुग्ध उत्पदन अभ्यास तालिमलाई सम्बोधन गर्दै मन्त्री खनालले साइकलदेखि ट्याङ्करसम्ममा नियमन र अनुगमन गरिने बताएका हुन ।
कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले दूधको नियमनमा कडाइ गरिने बताएका छन । राष्ट्रिय दुग्ध बिकास बोर्डले सुनसरिको इटहरीमा आयोजना गरेको असल दुग्ध उत्पदन अभ्यास तालिमलाई सम्बोधन गर्दै मन्त्री खनालले साइकलदेखि ट्याङ्करसम्ममा नियमन र अनुगमन गरिने बताएका हुन ।
दुधको गुणस्तर मापदण्ड पुरा नगर्नेलाइ कुनै कसर नराख्ने उनले बताए । बाहिरबाट सस्तोमा दूध आउदा नेपाली किसानले प्रतिष्प्रधा गर्न सकेका भन्दै मन्त्री खनालले पाउडर लगायत अब कुनै पनि दूधको आइटम विदेशबाट ल्याउन नदिइने बताए ।
दुधको गुणस्तर सुधारका लागि दुध उत्पादक किसान आफुले गोठदेखि उपभोक्ताको ओठसम्म पुर्याउन भूमिका खेल्नुपर्ने बताए ।
उनले सातै प्रदेशमा नार्कका कार्यालय स्थापना हुने भन्दै मन्त्रालयको पहलामा नार्कले किसाना आवास परियोजना अन्र्तगतथ किसान आवास तालिम सुरु गरेको बताए । किसान आवास सम्वन्धी कार्यविधी एक महिना लगाएर तयार भएको उनले बताए ।
त्यस्तै, कार्यक्रममा कृषि तथा पशुपन्छी राज्य मन्त्री रामकुमारी चौधरीले तालिमबाट सिकेको कुरालाई सहि तरिकाले प्रयोग गर्न र अरुलाइ सिकाउन आग्रह गरिन। दूधको गुणस्तर सुधार गर्न सबभन्दा बढि किसान आफै सचेत हुनु पर्ने बताइन । चार दिनसम्म चलेको तालिममा प्रदेश १ का २६ जना कृषक सहभागी भएका छन् ।