वल्र्डलिङ्कको शाखा टाँडी र कलैयामा

इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिङ्क कम्यूनिकेसन्स् प्रालिले रत्ननगर टाँडी र बारा जिल्लाको सदरमुकाम कलैयामा फाइबर टु होम सेवा सहितको शाखा सञ्चालनमा ल्याएको छ । वल्र्ड लिङ्कका बजार प्रबन्धक कुनाल श्रेष्ठले बाराको कलैयाकाे र कम्पनीका नेटवर्क विस्तार परियोजना प्रमुख शंकरराज शिवाकोटीले टाँडीको शाखा उद्घाटन गरेका हुन् ।

फाइबर टु होम सेवा मार्फत अप्टिकल फाइबर केबलको माध्यमबाट उच्च गतिको इन्टरनेट डाटा भिडियोफाइल सजिलैसग अपलोड तथा डाउनलोड गर्न सकिने छ ।
यो अप्टिकल फाईवर केबलको माध्यमबाट उच्चगतीको इन्टरनेट डाटा बोक्न सक्ने भएकोले भ्वाइस, डाटा, भिडियो फाइलहरु सजिलैसँग अपलोड तथा डाउनलोड गर्न सकिने कम्पनीका नेटवर्क विस्तार परियोजना प्रमुख शिवाकोटीले वताए ।

शाखावाट पर्सा, टाँडी तथा सौराहलगायको क्षेत्रहरुमा सेवा दिईने र यस क्षेत्रका सवै वर्गका व्यक्ति तथा व्यवसायीहरुले वल्र्डलिङक कम्यूनिकेसन्स् प्रालिको उच्चतम सेवा मार्फत आ–आफ्नो क्षेत्रमा समृद्घि हासिल गर्न सक्नुहोस भन्ने आफ्नो कम्पनिको उद्धेश्य रहेको समेत शिवाकोटीले बताए ।

हाल यस कम्पनिले ग्राहकको मागअनुसार १० एमबीपीएसदेखि ५० एमबीपीएससम्मको सेवा उपलव्ध गराइरहेको छ । यो सेवा विद्यार्थी, संघ संस्था, होटल, रेस्टुरेन्ट, व्यवसायिक स्थान तथा घरमा सर्वसुलभ दरमाप्रयोग गर्न सकिने यस कम्पनीले जनाएको छ ।