काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रले उठाएका आर्थिक मुद्दामा सरकार गम्भीर भएर लागेको बताएका छन् । नेपाल चेम्बर अर्फ कमर्सको ६८ औं बार्षिक साधारण सभालाई सोमबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासको मेरुदण्ड निजी क्षेत्र नै भएको र त्यसका लागि सरकार सहजीकरण गर्न तयार रहेको बताए ।
‘नीतिगत सुधार गर्न केही समय लाग्न सक्छ,’ सम्बोधनका क्रममा उनले भने, ‘तर, निजी क्षेत्रले भनेअनुसार सरकारले नीति निर्माण गर्छ ।’
नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले निजी क्षेत्र र लगानीलाई निरुत्साही बनाउने नीति बनाउन लागेको गुनासो गरे । ‘लगानी तथा प्रविधि सम्बन्धी ऐन, औद्योगिक व्यवसाय ऐन, बोनसम्बन्धी ऐन, मदिरा नियन्त्रण सम्बन्धी कानुन जसरी ल्याउन लागिएको छ, त्यसले समग्र निजी क्षेत्र निरुत्साहित भएको छ, ।’
सरकारले बोनस सम्बन्धी कानुनलाई संशोधन गरेर बोनस बाँडेर बाँकी रहेको रकम सरकारी खातामा ल्याउने व्यवस्था लागू गर्न खोज्नु गतल भएको बताए । ‘सरकारको यो निर्णयले मजदूर तथा निजी क्षेत्र त्रसित भएका छन्,’ उनले भने ‘यस्ता कार्य तत्काल रोक्नुपर्छ ।’
जवाफमा प्रधानमन्त्री ओलीले निजी क्षेत्र मैत्री ऐन नियमहरु बनाउने प्रतिवद्धता जनाए । श्रेष्ठले प्रधानमन्त्री समक्ष राखेका अव्यवहारिक नीतिका बारेमा ओलीले सम्बोधन गर्ने बताए ।
कार्यक्रममा उद्योगी÷व्यवसायी सम्मानित
नेपाल चेम्बर अफ कमर्सको कार्यक्रममा विभिन्न उद्योगी व्यवसायी सम्मानित भएका छन् । इन्द्रभक्त श्रेष्ठ अवार्डबाट एफवान सफ्टका विश्वास ढकाल सम्मान गरिएको हो । आइटी क्षेत्रमा योगदान पु¥याबापत ढकाललाई उक्त अवार्ड प्रदान गरिएको हो ।
त्यसैगरी, बनवरीलाल मित्तल मेमोरियल अवार्डबाट होटल बाराही पोखराका सञ्चालक विप्लप पौडेललाई सम्मान गरिएको छ । पर्यटन क्षेत्रमा उल्लेखिय योगदान पु¥याएवापत पौडेललाई सम्मान गरिएको हो । त्यसैगरी, कार्यक्रममा विभिन्न व्यक्तिलाई पनि सम्मान गरिएको छ ।