८  महिना पछि आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त

उदयपुर सिमेन्ट उद्योगका महाप्रवन्धक रहेका पौडेललाई सोमबार राती बसेको मन्त्री परिषदको बैठकले कार्यकारी निर्देशकमा नियुक्ती गरेको हो ।

काठमाडौं : ८ महिना दखी रिक्त रहेको नेपाल आयल निगमको कार्यकारि निर्देशकमा सरकारले सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ । उदयपुर सिमेन्ट उद्योगका महाप्रवन्धक रहेका पौडेललाई सोमबार राती बसेको मन्त्री परिषदको बैठकले कार्यकारी निर्देशकमा नियुक्ती गरेको हो ।
निगमको कार्यकारी निर्देशकमा नियुक्ती हुने भएपछि पौडेलले सोमबारनै महाप्रवन्धक पदबाट राजीनामा दिएका थिए । कार्यकारी निर्देशकका लागि पौडेल सहित अनिलकुमार झा र तारानाथ पौडेलको नाम सिफारिश गरेको थियो।
निगमका तत्कालिन कार्यकारी निर्देशक गोपाल खड्काले गत जेठमा राजीनिमा दिएका थिए । खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।